बन्द हेटौंडा–काठमाडौं रोप–वे संचालनका लागि बागमती प्रदेश सरकारको पहल शुरु

बन्द हेटौंडा–काठमाडौं रोप–वे संचालनका लागि बागमती प्रदेश सरकारको पहल शुरु

कपन अनलाइन

काठमाडौं ,फागुन ३०।

हेटौंडा–काठमाडौं रोप–वे व्यवस्थापनका विषयमा बागमती प्रदेश सरकारको भौतिक योजना मन्त्रालयले चासो देखाएको छ।

बागमती प्रदेश सरकारको भौतिक विकासमन्त्री रामेश्वर फुँयालले बिहीबार भीमफेदी र इन्द्रसरोवर गाउँपालिकाका जनप्रतिनिधि, रोप–वेका सेवानिवृत्त कर्मचारीसँग मन्त्रालयमै अन्तरक्रिया गर्दै रोप–वे व्यवस्थापनमा अग्रसरता देखाएका हुन्।

बन्द अवस्थामा रहेको रोप–वे सेवा व्यवस्थापनका लागि यसअघि मकवानपुर जिल्लाको भीमफेदी र इन्द्रसरोवर गाउँपालिकाले प्रदेश सरकार र संघीय सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो।स्थानीय सरकारको ध्यानार्षणपछि प्रदेश सरकारले व्यवस्थापनमा चासो देखाएको हो।

जिल्ला विकास समिति मकवानपुरका पूर्व-सभापति रामेश्वर रानाको संयोजनमा बिहीबारको छलफल भएको बताए। स्थानीय सरकारले चासो देखाएपछि प्रदेश सरकारले पनि रोप–वेको सञ्चालनको सम्भाव्यता अध्ययन गर्न लागेको मन्त्री फुँयालले जानकारी दिए। पर्यटन र यातायात दुवै दृष्टिकोणले महत्वपूर्ण रोप–वेको पुनर्निर्माणको सम्भाव्यताका लागि प्रदेश सरकारले पहल गर्ने उनको भनाइ छ।

उनले प्रदेश सरकारको नीति तथा कार्यक्रममै रोप–वे सञ्चालन गर्ने उल्लेख गरिएको बताए। रोप–वे सेवा पुनर्निर्माणको विषयमा प्रदेश सरकारले स्थानीय र संघीय दुवै सरकारसँग आवश्यक समन्वय र सहकार्य गर्ने मन्त्री फुँयालले स्पष्ट पारेका छन्। रोप–वेका सेवानिवृत्त कर्मचारी रामप्रसाद पनेरुको संयोजकत्वमा ७ सदस्यीय अनुभव तथा सुझाव दिन समिति गठन गरेको छ।

 

तपाइँको प्रतिक्रिया ।