कुमारी आवसीय माबी (केब्स) कामपा ६ को सरस्वती पुजा कार्यक्रम सम्पन्न

कुमारी आवसीय माबी (केब्स) कामपा ६ को सरस्वती पुजा कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौ,माघ ९

बसन्त पंचमीको पावन अवसरमा  कुमारी आवसीय माबी (केब्स) ले बिद्यालय परिसर  बिशेष कार्यक्रमका गर्दै    सरस्वतीको पुजा कार्यक्रम  सम्पन्न गरेको  छ।

उक्त कार्यक्रम बिहानै देखि बिद्यालयमा अध्ययन गर्ने छात्र छात्रा शिक्षक शिक्षिका ,सहित बिद्यालय संचालकहरुको उपस्तिथिमा सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो।

सांगीतिक वातावरणमा संचालन भएको सो पुजा कार्यक्रममा प्रसाद वितरण सहित प्रि नर्सरीका बालबालिकाहरुलाई अक्षर लेख्न सिकाइएको थियो भने सरस्वती पुजाको अवसरमा   निशुल्क भर्ना समेत लिएको थियो।

सामुहिक पुजापछि केब्स का  प्रिन्सिपल मनोज भट्टराईले केब्स शिक्षा संग संगै अतिरिक्त क्रियाकलापको माध्यम बाट बिध्यार्थीहरुको सर्वांगीण बिकासमा लागेको बताए। त्यसैको कारणले गर्दा  केब्स स्कुल क्षेत्रको उदयीमान शैक्षिक संस्था  हुन पुगेको र  आगामी दिनमा  शिक्षाको गुणस्तरलाइ थप बृद्दि गर्दै समयानुकूल शिक्षा प्रदान गर्दै लैजाने  समेत बताएका थिए।

 

 

तपाइँको प्रतिक्रिया ।