राजदूत, सम्पादक, कलाकार लगायत वरिष्ठ व्यक्तित्वहरु सरकारी स्कूलका विद्यार्थी पढाउँदै

राजदूत, सम्पादक, कलाकार लगायत वरिष्ठ व्यक्तित्वहरु सरकारी स्कूलका विद्यार्थी पढाउँदै

कपन अनलाइन

काठमाडौं ,मंसिर २९ ।

अमेरिकी राजदूत अलाइना बी. टेपलेट्ज, राष्ट्रिय दैनिक तथा साप्ताहिकका प्रमुख सम्पादकहरु सुवास घिमिरे, गुणराज लुइटेल, चारु चड्डा, गायक अमृत गुरुङ लगायत करिब ७० अन्य अतिथि सहित यो हप्ता ललितपुर, सिन्धुपाल्चोक र धनुषाका ग्रामीण सरकारी विद्यालयमा पुगेर टिच फर नेपालले आयोजना गरेको ‘कक्षाकोठामा एक दिन’ कार्यक्रममा सहभागी भई विद्यार्थीहरुलाई पढाउँदै छन् ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष, संचारकर्मीहरु, प्रमुख कार्यकारी अधिकृत, युवा उद्यमी, सामाजसेवी, अभियन्ता र कलाकारहरुका साथै टिच फर नेपालको बोर्ड सदस्य र अलमनाइ (पूर्व–प्रज्ञार्थीहरु) पनि सहभागी रहेका छन् । टिच फर नेपालका फेलोहरुले पढाउँदै आएको विद्यालयमा ‘कक्षाकोठामा एक दिन’ कार्यक्रम चलाइएको छ ।

‘हामीले अध्यापन गराउने धेरै जसो विद्यार्थीहरुमा आफ्नो गाउँ र वरिपरिको परिवेश बाहेक धेरै ज्ञान हुँदैन, जसले गर्दा उनीहरुको जीवनको आंकाक्षा पनि सानो परिवेशमा सिमित देखिन्छ । धेरै जसो खाडी मुलुकमा काम गर्न जाने, खलासी, ड्राइभर बन्ने सपना देख्छन् । नेपालको विभिन्न क्षेत्रमा महत्वपूर्ण भूमिकामा रहनु भएका व्यक्तिवहरुलाई आफ्नै आगाडि पाउँदा, विद्यार्थीहरुको लागि निकै उत्प्रेरक हुन्छन् । जस्तो सुकै परिस्थितिमा जन्मेका भएपनि ग्रामिण भेगका सरकारी विद्यालयमा पढ्दै गरेका विद्यार्थीहरु पनि जिवनका थुप्रै सम्भावनाहरु प्रति जागरुक रहनु पर्छ भन्ने हाम्रो विस्वास हो । उत्प्रेरक व्यत्तित्वहरुबाट सिक्न पाउँदा उनीहरुको क्षितिज फराकिलो हुनुका साथै असम्भव मानिएका सपना पनि पूरा गर्ने सक्ने आत्मविश्वास बढ्छ,’ यस कार्यक्रमका संयोजक र टिच फर नेपाल फेलो (२०१४) नवाङ शेर्पाले बताएका छन् ।

बुधबार दक्षिण ललितपुरको टिका भैरबमा अवस्थित श्री बुद्ध माद्यामिक विद्यालय पुगेकी अमेरिकी राजदूत अलाइना टेपलेट्जले टिच फर नेपालको वार्षिक कार्यक्रम ‘कक्षाकोठामा एक दिन’ मा आफु एक दिनको लागि भए पनि शिक्षक बन्न पाएको र प्रतिभाशाली विद्यार्थीहरु माझ अन्तरक्रिया गर्न पाउँदा खुसी भएको बताएका छन् ।

तपाइँको प्रतिक्रिया ।