प्रदेश ३ मा नेकपा एमालेको एकल बहुमत,वाम गठबन्धनको प्रष्ट दुई तिहाई

प्रदेश ३ मा नेकपा एमालेको एकल बहुमत,वाम गठबन्धनको प्रष्ट दुई तिहाई

कपन अनलाइन 

काठमाडौं ,मंसिर २९ ।

प्रदेश ३ मा नेकपा एमालेको एकल बहुमत पुगेको छ । ११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ सिट चाहिन्छ, एमाले एक्लैले ५९ सिट ल्याएको छ ।  यस्तै प्रदेशसभामा वाम गठबन्धनको प्रष्ट दुई तिहाई बहुमत पुगेको छ । प्रदेशसभमा दुई तिहाईका लागि ७४ सिट चाहिन्छ । एमालेको ५९ र माओवादीको २३ गरी ८२ सिट रहेको छ ।

प्रत्यक्षतर्फ एमालेले ४२ सिट जितेको छ भने माओवादीले १५, कांग्रेसले ७, नयाँ शक्ति र नेमकिपाले एकएक सिट जितेका छन् ।  यो ११० सदस्यीय प्रदेशभामा हुनेछ, जसमा प्रत्यक्षतर्फ ६६ जना चुनिएका छन् भने समानुपातिकबाट ४४ सदस्य आउनेछन् ।

समानुपातिकतर्फ पनि एमाले ठूलो दल बनेको छ । यो प्रदेशमा एमालेले १७ सिट पाउने भएको छ भने कांग्रेसले १४, माओवादीले ८, विवेकशील साझाले ३ र राप्रपाले २ सिट पाउने भएका छन् । प्रदेश ३ को प्रदेशसभामा ७ पार्टीको उपस्थिति हुने भएको छ ।

 

तपाइँको प्रतिक्रिया ।