परीक्षाफल प्रकाशित

काठमाडौँ, २९ साउन । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा २०७१ मङ्सिर÷पुसमा सञ्चालित व्यवस्थापन सङ्कायतर्फको जनप्रशासन स्नातकोत्तर तह (एमपिए) प्रथम वर्ष २०७० को परीक्षाको परीक्षफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार हिजो  प्रकाशन गरिएको छ ।

उक्त परीक्षाको परीक्षाफल वेवसाइट www.educationsansar.com, www.educationkhabar.com, www.edusanjal.com, www.tu.ntc.net. मा हेर्न सकिनेछ । त्यस्तै नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशनअनुसार थाहा पाउन सकिने छ भने MPA (Space) Roll Numbe टाइप गरी ४९४९ मा एसएमएस पठाई प्राप्ताङ्क प्राप्त गर्न सकिनेछ ।

तपाइँको प्रतिक्रिया ।