भुकम्प पिडित को सहयोगार्थ सप्तदेवको रक्तदान

भुकम्प पिडित को सहयोगार्थ सप्तदेवको रक्तदान

बुनपा ,जेठ ३१ / सप्तदेव वचत तथा ऋण सहकारी संस्था र पायोनीयर पब्लिक स्कुल ले बृहत्त रक्तदान कार्यक्रम सम्पन्न गरेका छन्  । जेठ ३० गते शनिबार पायोनीयर स्कुलको प्राङ्गणमा भएको कार्यक्रममा ४२ जना रक्तदाताले रक्तदान गरेका थिय ।

11393153_863049423760707_7904482066413731640_n

उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा माननीय सभासद.डाक्टर राजन भट्टराईले रक्तदाताहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए  । सो अवसरमा प्रमुख अतिथि भट्टराईले विपत्मा परेका नागरीकहरुलाई सहयोग गर्ने उद्येश्यले आयोजना हुने यस प्रकारका पवित्र कार्यहरु अन्य संघसंस्थाहरुले पनि आयोजना गर्नु पर्ने बताए । विपत्को समाधान मिलेर गर्नु पर्ने बताउदै सम्पूर्ण रक्तदाताहरुलाई उनले धन्यावद समेत व्यक्त गरेका थिय । कार्यक्रममा काठमाडौं जिल्ला बचत तथा ऋण सहकारीका सचिव केशव दंङ्गगाल ,सथानीय समाजसेवी हरुको उपस्थी रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।