पाकिस्तानमा बीस हतियारधारी मारिए

पाकिस्तानमा बीस हतियारधारी मारिए

इस्लामावाद, ३१ जेठ । पाकिस्तानी सैनिकले शनिबार गरेको हवाई कारबाहीका क्रममा कम्तीमा पनि २० जना सशस्त्र हतियारधारी मारिएको जनाएको छ ।

पाकिस्तानी सेनाले हालैका दिनमा आतङ्कवादीहरुका विरुद्धका आक्रामक कारबाही गरेको जानकारी दिएको छ । सो कारबाहीका क्रममा ती हतियारधारी मारिएका छन् ।

images
पाकिस्तानको उत्तरी वाजिरिस्ताको दत्ता खेलमा सो कारबाही भएको थियो । पाकिस्तानी सेनाले शानिबार प्रकाशन गरेको विज्ञप्तिमा २० जना सशस्त्र हतियारधारी मारिएको जनाएको छ ।

तर मारिनेको कुनैपनि पहिचान भने सो विज्ञप्तिमा खुलाइएको छैन । जसका कारण उक्त क्षेत्रमा शनिबार दिनभरजसो तनाव रहेको समाचारमा जनाइएको छ ।

सो क्षेत्र अफगानिस्तानको सीमा क्षेत्रमा पर्दछ । उक्त क्षेत्रमा तालिवानहरुको बलियो प्रभाव रहेको जानकारी यसअघि दिने गरिएको थियो ।

विगतका वर्षहरुमा सो क्षेत्रमा अल कायदाका लडाकूहरुको प्रभाव रहेको बताउने गरिएको सो क्षेत्रमा हालैका दिनमा अफगानिस्तानका तालिवानहरुको प्रभाव रहेको पाकिस्तानी अधिकारीहरुको भनाई छ ।

सो क्षेत्र भौगोलिक हिसाबले पनि निकै जटिल रहेकोले उक्त क्षेत्रमा पत्रकारहरु पनि जान नसकेको बताइएको छ । मारिने को हुन् भन्ने बारेमा स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

अफगानिस्तानमा सन् २००१ मा अमेरिकाको हस्तक्षेपपछि पाकिस्तानले पनि आतङ्कवादको सामना गर्दै आएको छ ।

हालैका दिनमा पाकिस्तानमा पनि विभिन्न नामका अतिवादी समूहहरुले हत्या हिंसा मच्चाउने गरेका छन् । रासस÷एएफपी

तपाइँको प्रतिक्रिया ।