विप्लवले दिए राधा ज्ञवाली र बामदेव गौतमको घर कब्जा गर्ने चेतावनी

विप्लवले  दिए राधा ज्ञवाली र बामदेव गौतमको  घर कब्जा गर्ने  चेतावनी

चैत ८  । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले शुक्रबार पक्राउ परेका आफ्ना पोलिटब्युरो सदस्य असारे काका, पदम राई लगायतका नेता÷कार्यकर्तालाई तत्काल स–सम्मान रिहा नगरे जलश्रोत मन्त्री राधा ज्ञवाली हुँदै बामदेव गौतमको पनि घर कब्जा गरिने चेतावनी दिएका छन् । कार्यकर्ता तत्काल रिहा नगरे आम हड्तालसम्मको आन्दोलनको कार्यक्रम ल्याउने दाबी गरेका छन् ।

biplop-3

हिजो अपर कर्णाली, माथिल्लो मस्र्याङ्दी, अरुण तेस्रो जलविद्युत आयोजनामा गरिएको राष्ट्रघाती सम्झौताको विरोध कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तको बाँसबारीस्थित निवासमा कालोझण्डा गाड्न गएका दुई जना पोलिटब्यूरो सदस्य असारे काका र पूर्व मन्त्री पदम राई सहित १७ जनालाई नेपाल प्रहरीले गिरप्तार गरेको थियो । महासचिव विप्लवले राजधानीको जोरपाटीमा जन गणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति नेपालको प्रथम राष्ट्रिय सम्मेलनको उदघाटन समारोहमा बोल्दै यस्तो बताएका हुन् ।

biplop-1

उनले अहिले राधेस पन्तको घरमा लागेको आगो देशै भरिका घुसखोर, भ्रष्टाचार, कालाबजारी, राष्ट्रघातीहरुको घरमा समेत सल्किने बताएका छन् । उनले दलालहरु बिरुद्धको कारबाही अब शुरु भएको समेत बताए । विप्लवले माओवादीले यो आन्दोलन कुनै व्यक्ति र पार्टी विशेषको पक्षमा नभई राष्ट्रियता राष्ट्रिय स्वाधीनताको पक्षमा र दलालहरुको बिरुद्धमा भएकोले नेपाली सेना नेपाल प्रहरी र सम्पूर्ण बुद्धिजिबी देश भक्तहरुलाई समेत सहयोग गर्न आग्रह गरे । निकै आक्रोषित रुपमा मन्तब्य व्यक्त गरेका विप्लवले भने– ‘माओवादीलाई कमजोर देखेर हाम्रो गर्धनमा तरबार चलाउन आउनेले आफ्नो गर्धन पनि छामेर आए हुन्छ ।’ कार्यक्रममा अखिल क्रान्तिकारी अध्यक्ष सरद रसाइली अखिल नेपाल जनस्वास्थ्यकर्मी महासँघको अध्यक्ष डम्बर रावललगायत विभिन्न जनवर्गीय संघठनका प्रमुखहरुले समेत शुभकामना मन्तव्य राखेका थिए ।

तपाइँको प्रतिक्रिया ।