बैशाख १गते प्रथम बुढानीलकण्ठ महोत्सव हुने

बैशाख १गते प्रथम बुढानीलकण्ठ महोत्सव हुने

बद्रि भट्टराई\कपन अनलाइन\२०७१ चैत्र ८

“हाम्रो बुढानीलकण्ठ , राम्रो बुढानीलकण्ठ”, “जाउँ है बुढानीलकण्ठ ” को नारा दिदै आगामी चैत्र २६ गते देखि बैशाख १ गते सम्म प्रथम ऐतिहासिक बुढानीलकण्ठ महोत्सव २०७१-७२ हुने भएको छ । कार्यक्रमलाई प्रधानमन्त्री सुशील कोइरालाले बैसाख १ गते ११ बजे औपचारीक रुपमा उद्घाटन गर्ने छन् ।  महोत्सवको आयोजक बुढानीलकण्ठ क्षेत्र विकास समिति रहेको छ भने बुढानीलकण्ठ सांस्कृतिक तथा पर्यटन समितिले सहआयोजकको भुमिका निर्वाह गर्ने भएको छ ।

11081874_882693205121557_733448454_n

क्षेत्र विकास समिति अन्तर्गत टोखा चण्डेश्वरी देखी चपली भद्रकाली रुद्रेश्वर माहादेव, चुनीखेल, माहांकाल देखि आनीगुम्बा सहित फुलहारी गुम्बा पर्ने यस स्थानमा प्रथम पटक यस महोत्सव हुन लागेको हो । चैत्र २६ गते देखी २९ गते सम्म धार्मिक , सास्कृतिक र पर्यटन सम्बन्धि कार्यक्रम गर्दै चैत्र ३० गते प्रथम ऐतिहासिक बुढानीलकण्ठ महोत्सवको पूर्व सन्ध्यामा विविध सांस्कृतिक कार्यक्रम समेत आयोजना हुने भएको छ । महोत्सवलाई भव्यतापूर्वक सम्पन्न गर्नका लागि बुढानीलकण्ठ क्षेत्र विकास समितिका अध्यक्ष जयराम थापाको अध्यक्षयतामा एकहजार एक मुल महोत्सव समारोह समिति गठन गरिएको छ ।

मूल समितिलाई सहयोग हुने गरी विभिन्न उपसमितिहरुको समेत गठन भईरहेको आयोजक समितिका अध्यक्ष जयराम थापाले दैनिक कार्यलाई व्यवस्थित बनाउन सय जनाको सचिवालय समेत गठन भइसकेको कपन अनलाइनलाई बताएका छन् । बुढानीलकण्ठ नगरपालिकाको प्रत्यक्ष सहयोग रहने यस महोत्सवको तयारीका अनुमानीत रु ५० लाख लाग्ने बताउदै उनले यस महोत्सव लाई स्मरणीय महोत्सव बनाउन लागिपरेको समेत बताए । धार्मिक, सांस्कृतिक तथा पर्यटकीय रुपले सम्पन्न यस नगरपालिकामा पहिलो पटक बुढानीलकण्ठ महोत्सव हुन लागेकाले सम्पूर्ण पक्षलाई समेटेर महोत्सवलाई उदाहरणीय बनाउने प्रयास भईरहेको उनले बताए । सोहि अवसर पारेर विश्वको सबैभन्दा ठूलो डमरुलाई पनि बुढानीलकण्ठ मन्दिरमा ल्याइने भएको छ ।

एक धार्मिक गुरुको प्रयाशमा सो डमरु मन्दिरमा ल्याउन लागिएको हो । चैत्र ३० गते नै महाराजगंज चोकबाट बिभिन्न जातजातिका ,भेषभुषा एवम पहिरन र बाजागाजाका साथ विशाल र्यालीको आयोजना गरेर महोत्सवको प्रचार गरिने समेत थापाले कपन अनलाइनलाई बताएका छन । बुढानीलकण्ठ मन्दिर परिसर बाहिर वरिष्ठ कलाकारहरुको सांगीतिक प्रस्तुतिसंगै मन्दिरभित्र विद्वान गुरुवर्गहरुको धार्मिक प्रवचनसमेत महोत्सवका अवसरमा हुने भएको छ । महोत्सवलाई भव्यतापूवर्क सम्पन्न गर्न सम्पूर्ण नगरवासीहरु एकजुट भएर अघि बढनु पर्ने बताउदै थापाले कपन अनलाइन मार्फत सबैलाई सहयोगका लागि आग्रह समेत गरेका छन ।

तपाइँको प्रतिक्रिया ।