सर्वाेच्चको फैसलाबिरुद्ध पाँचै माओवादीले आन्दोलन गर्ने

सर्वाेच्चको फैसलाबिरुद्ध पाँचै  माओवादीले आन्दोलन गर्ने

विभाजन भएर पाँच पार्टी बनेको माओवादीको संयुक्त बैकठले सर्वाेच्च अदालतले गत फागुन १४ गते गरेको फैसलाबिरुद्ध आन्दोलन गर्ने भएको छ ।

पार्टी एकताको लागि नेकपा–माओवादीको केन्द्रीय कार्यालय बुद्धनगरमा आइतबार बसेको बैठकले सर्वोच्चको फैसालबिरुद्ध एक भएर आन्दोलन गर्ने निर्णय गरेका हुन् ।

All-Maoist

बैठकपछि नेकपा–माओावादीका उपाध्यक्ष सीपी गुजुरेलले चैत १४ गते सर्वाेच्चको फैसलाबारे अन्तरक्रिया गर्ने र २४ गते देशव्यापी विरोध प्रदर्शन गर्ने जानकारी दिए । यसअघि सर्वाेच्चले द्वन्द्वकालिन घटनाका दोषीलाई आम माफी दिन नपाउने फैसला सुनाएको थियो ।

यस्तै, सर्वाेच्चले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोग ऐनका केहि विवादित अंश खारेज गरिदिएको थियो । उक्त फैसला लगत्तै एकीकृत माओवादी र नेकपा–माओवादी विज्ञप्ति निकालेर विरोध जनाएको थियो । सर्वाेच्चले द्वन्द्वका घटनाका दोषीलाई कारवहि गर्ने आशयको फैसला गरेपछि माओवादीले शान्ति सम्झौताको उल्लंघन भएको बताउँदै आएको छ ।

बैठकले पार्टी एकताको लागि वार्ता निरन्तर गर्ने पनि निर्णय गरेको छ । छलफलमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता बाबुराम भट्टराई, नेकपा(माओवादी अध्यक्ष मोहन वैद्य, नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव,नेकपा माओवादीका अध्यक्ष मातृका यादव र मणि थापासहित पाँचै माओवादीका नेता उपस्थित थिए।

त्यसअघि पार्टी एकताबारे एकीकृत माओेवादी र नेकपा–माओवादीबीच बनेको वार्ता समितिको पहिलो बैठकले सातबुँदे सिद्धान्तलाई छलफल गर्दै पार्टी एकतालाई अघि बढाउने निणर्य गरेको थियो । सात बुँदे सिद्धान्त अघि सार्दै नेताहरुबीच विगतमा भएका कमीकमजोरी सच्याउँदै अघि बढ्नेबारे छलफल भएको बैठकपछि नेकपा–माओवादी उपाध्यक्ष सीपी गजुरेलले बताए ।

तपाइँको प्रतिक्रिया ।