बौद्धमा बिशेष अफरका साथ संचालनमा आयो खास्ती बेकरी क्याफे र मार्ट

बौद्धमा बिशेष अफरका साथ संचालनमा आयो खास्ती बेकरी क्याफे र मार्ट

कपन अनलाइन

काठमाडौँ, माघ ३०  ।काठमाडौं महानगरपालिका वडा नं ६ बौद्धमा खास्ती बेकरी क्याफे  र खास्ती मार्ट आज बाट विधिवत रुपमा  संचालनमा आएको   छ । नेपाली अर्गानिक कफी र ताजा बेकरी उपलब्ध गराउने गरि खास्ती नामक बेकरी क्याफे र बिभिन्न दैनिक उपभोग्य सामान एकै ठाउमा पाइने गरि खास्ती मार्ट संचालनमा  आएको हो  ।

आज एक कार्यक्रमका बीच बागमती प्रदेशका प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामा,   काठमाडौं महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष दिपेन्द्र लामा  र बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामा सहित  समाजसेवी नेपालजित लामाले संयुक्त रुपमा खास्ती बेकरी क्याफेको रिबन काटी उदघाटना गरेका थिए भने खास्ती मार्टको लायन्स क्लब इन्टरनेसनल ग्लोबल एक्सन टिम लिडर लायन खगेन्द्र सिटौला लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ र गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले संयुक्त रुपमा खास्ती मार्टको उदघाटना गरेका हुन् ।संचालकले आज  भोलि र पर्सि  अर्थात् आज माघ ३० . गाफुं १ र २ गते बिशेष छुट सहितको सेवा प्रदान गरिने पनि जानकारी गराएको छ ।

 

 

एकैपटक १०० जना अट्ने क्षमता सहितको  आकर्षक सजावटका साथ संचालनमा  आएको  उक्त बेकरी क्याफेले ग्राहकहरुले आफुले चाहे बमोजिमका केक, बर्थडे केक, ब्राउन ब्रेड, क्रोसेंट, कुकिज, मफिन, चोकोलाभा, प्याटिज, पिजा, ब्रेकफास्ट, , पास्ता, स्यान्डविच, बर्गर, रोल लगायतका बेकरी परिकारहरु आफैंले उत्पादन गरेर ग्राहकको सन्तुष्टि मेट्ने संचालक  राजेश श्रेष्ठले  जानकारी दिएका छन् ।

माघ ३०, फागुन १ र २ गते  बिशेष छुट सहित को सरप्राइज  प्याकेजको  व्यवस्था गरिएको  जानकारी गराउदै उनले  सो दिन लक्की ड्र मार्फत आकर्षक पुरस्कारका साथै कफी  र पेस्ट्री कम्प्लिमेन्टको रुपमा प्रदान गरिने पनि जानकारी गराएका छन ।   स्थानीय उपभोक्तालाई सर्वसुलभ रूपमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उदेश्य सहित  मार्ट सञ्चालनमा ल्याएको  पनि उनले बताए।

मोफसलका ग्राहकलाई समेत आधुनिक किनमेलको अनुभव दिलाउने उदेश्यले मार्ट सञ्चालनमा ल्याउन लागिएको  जानकारी दिदै  मार्टमा  दैनिक उपभोग्य सामग्रीहरु सुपथ मुल्यमा पाइने जानकारी गराए । कार्यक्रममा जी एस टि मल्टिपल कोर्डिनेटर लायन  अनन्त प्रसाद भेटुवाल   फर्स्ट भाइस डिस्ट्रिक गभर्नर लायन रेवत बहादुर कार्की, सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्म गुरुङ, लगायत लायन्स लिडर र सदस्यहरुको साथै  गोकर्णेश्वर नगरपालिका का प्रवक्ता मनोजकुमार ढुंगाना, वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल, वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी का साथै गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसालको समेत उपस्थिति रहेको थियो।खास्ती  मार्ट लायन्स सदस्यहरुले संचालनमा ल्याएका हुन।

तपाइँको प्रतिक्रिया ।