प्रधानमन्त्री छातीमा बोकेर नारायणहिटी जाने तयारीमा नेकपा काठमाडौं अध्यक्ष कृष्ण राई

प्रधानमन्त्री छातीमा बोकेर नारायणहिटी जाने तयारीमा नेकपा काठमाडौं अध्यक्ष कृष्ण राई

कपन अनलाइन

काठमाडौं ,माघ २२।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) ले माघ २३ गते आयोजना गरेको आम सभाको तयारी अन्तिम चरणमा पुगेको छ। नेकपा बागमती प्रदेस कमिटीको आयोजनामा हुने आम सभामा प्रधानमन्त्री केपी ओली ,उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादलले सम्बोधन  गर्नेछन।

काठमाडौं जिल्ला कमिटीले पनि माघ २३ गते हुने सो आमसभाको तयारीका लागि नगरपालिका र वडा स्तरमा कमिटी पुनर्गठन ,भेला र प्रशिक्षण सम्पन्न गरेको छ।

गत स्थानीय तह ,प्रदेस र संघीय निर्वाचनमा काठमाडौं जिल्लामा बामपन्थी उम्मेदवारहरुलाई बिजयी गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका नेकपाका केन्द्रीय सदस्य कृष्ण राईले जिल्लाका ११ स्थानीय तह र १३८ वटै वडा बाट आमसभामा काठमाडौंवासीको बताएका छन।

पछिल्लो समय नेकपामा देखिएको विवाद संगै आएको विभाजनमा काठमाडौं जिल्लाका जनप्रतिनिधिहरुको दरिलो साथ पाएका अध्यक्ष राईले  भोलिको आमसभा नया जनादेशका लागि प्रधानमन्त्रीले लिएको कदमको समर्थन र नया जनादेशको लागि अपिल भएको धारणा राख्दै स्थानीय पार्टी कमिटीको समन्वयमा नारायणहिटी गेटमा उपस्थितिका लागि आग्रह गरेका छन।

नेकपा गोकर्णेश्वर नगर कमिटीले तयार गरेको प्रचारात्मक स्वयंसेवक सामाग्री अंकित ब्यानर सहीतको तस्विर  सामाजिक संजालमा सार्वजनिक गर्दै उनले  आमसभामा सक्रिय सहभागी हुन् अनुरोध गरेका छन ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।