खेलकुद अभिमुखीकरण कार्यक्रम सम्पन्न

खेलकुद अभिमुखीकरण कार्यक्रम सम्पन्न

कपन अनलाइन
काठमाडौं माघ २२।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा खेलकुद अभिमुखीकरण कार्यक्रम बिहीबार  भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा सम्पन्न भएको छ ।
बागमती प्रदेश स्तरीय कार्यक्रममा खेलाडी, प्रशिक्षक, बागमती प्रदेश अन्तर्गत जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुखलगायतको सहभागिता रहेको थियो ।
दोश्रो तथा अन्तिम दिन राखेप सदस्य–सचिव रमेशकुमार सिलवालले एक्सपिरियन्स सेरिङ, राजेन्द्र तुलाधरले कन्डीसनिङ एन्ड फिट्नेस, सकुना देवीले मेन्टल ट्रेनिङ एन्ड स्पोर्ट्स पर्फमेन्स, रमन नेपालीले स्पोर्ट्स मोटिभेसन र सुलोचना सिजख्वाले स्पोर्ट्स साइकोलोजी बारे ज्ञान दिएका  थिए ।
पहिलो दिन राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले स्पोर्ट्स म्यानेजमेन्ट, डा. सुरेनबहादुर कार्कीले योगा र नेचुरोप्याथी, डा. ज्ञानेन्द्रविक्रम शाहले स्पोर्ट्स मेडिसिन र रिता प्रजापतिले जेन्डर इक्विटी इन स्पोर्ट्स सोसियोलोजी बारे प्रकाश पारेका थिए ।
कार्यक्रमका दौरान पदाधिकारी, खेलाडी, प्रशिक्षक, पूर्व खेलाडी र कर्मचारीलाई कार्यक्रम बारे आफ्नो अनुभवका बारेमा विचार व्यक्त गर्ने अवसर प्रदान गरिएको थियो । सहभागीलाई राखेप सदस्य–सचिव रमेशकुमार सिलवाललगायतले एक कार्यक्रमबीच प्रमाण पत्र वितरण गरेका थिए  ।

तपाइँको प्रतिक्रिया ।