प्रायोजित समाचारले नगरपालिकालाई बदनाम नगरौँ

कपन अनलाइन, १५ मंसिर ।

यो साता एउटा साप्तहिक पत्रिका (पत्रकार)ले बुढानिलकण्ठ नगरपालिकासँग सम्बन्धित एउटा समाचार प्रकाशित गरेको प्रसंगसंग सरोकारवाला सबै पक्ष वाकिफ नै होलान । संयोग कस्तो रहयो भने प्रायः नगरबासीले भुलीलसक्न खोजेको ूकम्पले सोही दिन बिहान सबैको सम्झना गराएको थियो । भूकम्प प्रति ताजा नै बनाई राख्न उत्प्रेरित् समेत गरेको थियो । सोही दिन प्रकाशित सो समाचार पनि कतिपय रुपमा एकखाले भुकम्प नै बनाउन खोजिएको भानका प्रकाशित थियो ।

लेख पढ्ने सौभाग्य मैले पनि पाएँ । भ्रष्टाचारको दलदलमा बुढानिलकण्ठ नगरपालिका शीर्षकमा लेखिएको समाचार सरसर्ति पढ्दा जो कोहि लाई पनि नगरपालिका भित्र व्यापक रुपमा भ्रष्टाचार मौलाई रहेको भान पर्नु स्वाभाविक देखिन्छ । यद्यपि लेखाई तथा सन्दर्भ र त्यसलाई गरिएको व्याख्या अतिरन्जित तवरबाट लेखिएको भनेर बुझ्न कठिन नहुने लेखलाई बिभिन्न उपशीर्षकमा बर्गिकरणसमेत गरिएको छ । कार्यकारी अधिकृत बिश्वराज मरासेनी र सबई बिनोद पौडेल तर्फ बडी बढि खनिएर लिएको समाचारमा यति कमजोर छ कि बिनोद पौडेल कहिले ओभरसिएर बिनोद पौडेल त कहिले सब ओभरसिएर भनेर लेखिएकोछ भने कहिले इन्जीनियर पनि भनिएको छ ।

समाचार छापिएर भाइरल हुनु सँगै कसले रचेको षडयन्त्रमार्फत यो समाचार प्रकाशित भएकोसमेत पत्तो भैसकेको अवस्थामा नगरपालिकासँग सम्बन्धित विषय भएकाले प्रकाशित सन्दर्भप्रति मेरो पनि दिलचस्पि रह्यो । दलीय संयन्त्र लगायत नगरपालिका भित्रका बिभिन्न उपसमिति समेतलाई भ्रष्टाचारको आरोप लगाइएको समाचार नगरपालिका र जनताको हितको लागि नभई केवल राजनीतिमा स्थान नपाएर भौँतारिएकाहरुको आवेगमा केही व्यक्तिहरुले नगरपालिका भ्रष्टाचारको लागि मात्र स्थापित भएको भनेर जबर्जस्ती देखाउन खोजिएको छ ।

सौर्यबत्ती काण्ड भनेर लेखिएको लेखमा कार्यकारी अधिकृतलाई एउटा बत्ति जडान बराबर ४५ हजार घुस खाएको भन्ने आरोप रहेको छ । यदि यो आरोप साँचो हो भने पैतालिस लाख घुस काण्ड हुँदा नगरपालिकाको राजनीतिक संयन्त्रमा रहेका प्रतिनिधिहरु मौन बसे होलान ? ठेक्का नपाउने अरु कम्पनिले किन बिरोधको स्वर निकालेनन् ? के सौर्यबत्तीको सम्पूर्ण रकम नगरपालिका ले भुक्तानी गरी सकेको हो र ? के त्यो रकम नगरपालिका को आफ्नो श्रोत बाट भुक्तानी गरिने हो त ?

म आफू पनि बुढानिलकण्ठ नगरपालिकाको बासिन्दा भएको कारण यो चाहिँ पाक्का भन्न सक्छु कि नगरपालिकामा सबै नैतिकता हराएका जनप्रतिनिधि छैनन नगरपालिकालाई आफ्नै घर मान्ने प्रतिनिधिहरु समेत छन् । व्यक्तिगत रिसीइविका कारण नगरपालिकालाई बदनाम गराउने निकृष्ट यस्ता निकृष्ट खेलाडीहरुप्रति सजग हुन आवश्यक छ ।

अर्को एक प्रसंग गुम्बासंग २ करोड घुस भन्ने शीर्षक रहेको छ । गुम्बासंग को घुस प्रकरणमा बिनोद पौडेलले २ करोड रुपैया लिएको भन्ने समाचार भएकोमा बिनोद पौडेलले रकम लिएका हुन् भन,े दिने को थिए ? किन दिए ? कसरी दिए ? उक्त साप्ताहिकको प्रतिनिधिको रोहवरमा दिएको हो कि ? आफैमा आधारहीन तथ्य उठाउन खोजिएको छ समाचारमा । लेखिएका शीर्षक आफैमा सम्भावित भ्रष्टाचारको क्षेत्र हुन सक्लान तर यति गर्यो वा यति खायो भन्नु आफैमा लज्जास्पद पत्रकारिताको उदाहरण बनेको छ यो समाचार ।

बुनपामै बस्छन् यो साप्ताहिकका सम्पादक । उनकले यो समाचार छाप्नु अघि यसको कमजोरी किन पढेनन्, टिठ लागेर आयो मलाई । ३ हजार र ३० हजार घुस प्रकरण बुढानिलकण्ठ नगरपालिकामा नसेलाएको परिस्थितिमा यो कुरा कसरी मान्ने खोइ अधार ? २ करोड रुपयाँ बोक्न त् झोला पनि ठुलै चाहिन पर्ने हो फेरी एक्लै ले २ र २ करोड बोक्न पनि हम्मे हम्मे नै पर्छ ।

समाचारमा कपन गुम्बाले ५० आँै रोपनी सार्बजनिक जग्गा अतिक्रमण गरी पर्खाल नभत्काई सार्बजनिक जग्गाबाट नै बाटो चौडा बनाएको भनिएको छ । सर्बप्रथम कपन गुम्बाले चर्चेको जग्गा यदी सार्बजनिक हो भने नगरपालिकाको सार्बजनिक जग्गा अभिलेखीकरण अभियानमार्फत् त्यसको स्थानको बिषय किन प्रसंग उठेन ? पक्कै गुम्बा कानुनतः सहि स्थान मा हुनु पर्छ । बाटो चौडा बनाउँदा पहिले सार्वजनिक जग्गालाई नै उपयोग गर्ने तरिका कुन नौलो भयो र ? त्यो बाटो बाट के गुम्बा मात्र पुगिन्छ र ?

अर्को प्रसंग छ अबैध नक्शा बिपरितबाट बिशौ लाखौ आम्दानी भन्ने । यस प्रसंगमा राजनीतिक सहजीकरण समितिलाईसमेत साक्षी राखी दस हजार जरीवाना गरी सुचिकृत इन्जीनियरहरुबाट नक्सा पास गराउने भनिएकोमा के त्यो दशहजार रुपैँया बिना रसिदको कारोबार हुने हो त ? हो, म पनि मान्छु कि सुचिकृत इन्जीनियरहरुको हदबन्दी चै एक किसिमको सिन्डिकेट नै हो ।

त्यसैगरी मदन भण्डारी स्मृति कप, गणेशमान सिंह स्मृति कप, पोस्ट बहादुर बोगटी स्मृति कपको नाम मा एमाले, कांग्रेस र माओवादीको तर्फबाट ७ लाख ९ लाख , ७ लाख क्रमशः लिएको र सो रकम खर्च नगरेको समाचार लेख्नु पुर्ब एक पटक नगरपालिका को दोश्रो तल्लामा रहेको लेखा शाखा गएर हेरेरे लेख्नु भएको भए कत्ति उचित हुने थियो होला कुन कुन शीर्षकमा कसरी कति बजेट गएको थियो भनेर ।

म कसैको पक्ष लिएर यो खण्डन गर्दै छैन, केवल बुढानिलकण्ठको नगरवासी हुनाको कारण लेख्दै छु । यस्ता समाचारले हामी नगर बासीको पक्कै पनि चित्त बुझ्दैन । किनकी हामी जायेज कुराको सधै समर्थन गर्छौ । मोहदय माथि फर्केर थुक्दा आफ्नै मुख मा पर्ने यथार्थ कसैले पनि भुल्नु हुदैन ।

बुढानिलकण्ठ नगरपालिकालाई भ्रष्टाचार मुक्त नगरपालिका बनाउन संयुक्त कार्य थालनी गर।ैँ बरु तर नगरपालिकाको नाम राम्रो काम सन्देश मुलक काममा अगाडी लिई हातेमालो गर्दै हिँडौ । नगरपालिकालाई बदनाम गर्दा धार्मिक आस्थामा समेत चोट पुग्ने सम्भावनालाई नकार्न मिल्दैन । तसर्थ भ्रष्टाचारमूक्त बुढानिलकण्ठ नगरपालिका बनाउन पहल गरौँ । हाम्रो बुढानिलकण्ठ राम्रो बुढानिलकण्ठ रक्षा गर समस्त प्राणी जगतको हे निलकण्ठ ।

तपाइँको प्रतिक्रिया ।