बुनपा दोश्रो वार्षिकोत्सव मंसिर १६ गते, प्रशासनिक भवन शिल्यान्यास गरेर मनाइने

बुनपा दोश्रो वार्षिकोत्सव मंसिर १६ गते, प्रशासनिक भवन शिल्यान्यास गरेर मनाइने

कपन अनलाइन, १४ मंसिर , २०७३

bunapa_bhawan

बुढानिलकण्ठ नगरपालिका दोश्रो  स्थापना दिवस पारी बुढानिलकण्ठ नगरपालिकाले आफ्नो प्रशासनिक भवनको शिल्यान्यास गर्ने भएको छ । पर्सि विहिबार मङ्सिर  १६ गते  नगरस्थापना दिवसको दिन बुढानिलकण्ठ नगरपालिका वडा नं.९ टेलिकमको  हात्तीगौडा शाखा कार्यलय पछाडि रहेको २२ रोपनी भन्दा धेरै क्षेत्रफल रहेको जग्गामा बुढानिलकण्ठ नगरपालिकाको अन्डर ग्राउन्ड सहितको साढे तीन तल्लाको सुविधा सम्पन्ने भवन निर्माण हुनलागेको हो । उक्त भवनमा नगरपालिकाको कार्यलय १ वर्ष भित्रमा सरि सक्ने अनुमानसहित शिलान्यास गरिन लागिएको हो ।१६ गते  हुने शिल्यान्यास कार्यक्रमका प्रमुख अतिथि संघीय  मामिला तथा स्थानिय विकास मन्त्री  हितराज पाण्डे हुने बुनापा कार्यालयले जनाएको छ  ।

शिलान्यास कार्यक्रम  विहान ७.३० बजे हुने जनाउदै उक्त महत्वपूर्ण कार्यक्रममा सम्पूर्ण नगरवासीहरुलाई बुढानिलकण्ठ नगरपालिकाका कार्यकारी प्रमुखले कार्यक्रम सम्बन्धि सूचना जारी गर्दै चुलै निम्तो गरेका छन ।

तपाइँको प्रतिक्रिया ।