बाहिरी चक्रपथका लागि एमालेका २ सांसदहरुले १७ गते पदयात्रा आव्हान

कपनअनलाइन ,काठमाडौँ, १४ मङ्सिर ।

बाहिरी चक्रपथका लागि एमालेका सांसदहरुले दवावमूलक पदयात्रा गर्ने भएका छन् । काठमाडौंको गोकर्णेश्वर, बुढानिलकण्ठ र टोखा नगरपालिकासमेटेर आउँदो १७ गते काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ का सांसदहरु रामेश्वर फुयाँल र काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का  सांसद डा. राजन भट्टराईले आफ्ना कार्यकर्ता र सरोकारवाला सबैका साथ पदयात्रा गर्न लागेका छन् ।

bahiri-chakrapatha

आउँदो १७ गते शुक्रबार  बिहान ७ बजेबाट गोकर्णेश्वर बुनपा सिमना जगडोलबाट शुरु हुने पदयात्रा गाम्चा, नारायणथान हुदै     टोखा नगरपालिका  पुगेर टुङ्गिने छ ।

पदयात्राका आयोजक एमाले सांसद डा राजन भट्टराईका अनुसार साँखुदेखि गोकर्णसम्मको बाहिरी चक्रपथको सामान्य स्वरुप बनिसकेको र टेडन्र भैसकेको तर जगडोलदेखि टोखाका लागि स्वरुप बन्न नसकेको हुँदा यो पदयात्रा राखिएको हो । भट्टराईका अनुसार यो पदयात्रा संभावित बाहिरी चक्रपथको सडक लाइनबाटै हुने र जनसामान्य तथा सरोकारवाला सरकारी पक्षलाई चासो र दवाव दिन यो कार्यक्रम आयोजना गरिएको हो । डा भट्टराईले पदयात्रामा सबै जनसामान्यलाई सहभागि हुन आव्हान गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।