अनियमतिता गर्ने गाविस सचिवविरुद्ध आरोपपत्र

कपन अनलाइन, काठमाडौँ, १४ मङ्सिर ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितता गर्ने गाविस सचिवद्वय रामेश्वरप्रसाद साह र मनोजकुमार साहविरुद्ध आरोपपत्र दायर गरेको छ ।

सचिवद्वयले पर्साको अलौ गाविसमा रहँदा विभिन्न आर्थिक वर्षमा विनियोजित सामाजिक सुरक्षाभत्तालगायत विभिन्न सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेको आयोगले जनाएको छ ।

आयोगले सरकारी रकम बदनियतपूर्वक हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा सचिव रामेश्वरप्रसाद साहलाई रु ३० लाख ३९ हजार एक सय ८२ र सचिव मनोजकुमार साहलाई रु ७८ हजार बिगो कायम गरी आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ । रासस

तपाइँको प्रतिक्रिया ।