बुढानिलकण्ठ नगरपालिकामा अब १३ वडा र कपन ३ वडामा सिमित हुन सक्ने

बुढानिलकण्ठ नगरपालिकामा अब १३ वडा र कपन ३ वडामा सिमित हुन सक्ने

कपन अनलाइन, १४ मंसिर, २०७३

2016-11-29

स्थानीय निकायको नयाँ संरचना तयार भैरहेको अवस्थमा देशभर भएका नगरपालिकाका वडाहरु गाभिने तथा काटिने अवस्थामा पुग्न सक्ने बताइएको छ । स्थानीय निकायको संख्या कम गर्न लागिएकोले नगर तथा गाउँपालिकाको वडाहरुमा न्यूनतम मान्यता राख्दा धेरै नगरपालिकाका वडाहरु गाभिने अवस्थामा देखिन्छन् । काठमाडौं जिल्लाका लागि बनेको सुझाव समितिले पेश गरेको नयाँ संरचनामा बुढानिलकण्ठ नगपालिका १३ वडामा सिमिति हुने बताइएको छ । यद्यपि यो अझै सुझावकै अवस्थामा रहे पनि यस सुझाव पारित भयो भने साविक कपन गाविसमा रहेको ५ वटा वडा ३ वटा वडामा सिमिति हुनेछ । कपन अनलाइनसँग कुरा गर्दे बुनपाका अधिकृत राजु न्यौपानेले यो सुझाव पेश भएको विषय भएकोले स्वीकृत हुने वा नहुने टुंगो लागि नसकेको बताएका छन् ।

तपाइँको प्रतिक्रिया ।