स्वास्थ्य मन्त्री गगन थापाको पहलमा बुनपामा करिब १० करोडको१५ वटा खानेपानी आयोजना

कपन अनलाइन , मंसिर १४, २०७३

untitled-1

स्वास्थ्य मन्त्रीसमेत रहेका काठमाडौँ क्षेत्र नं. ४ का सांसद गगन थापाले आफ्नो निर्वाचन क्षेत्रमा १५ वटा साना ठूला खानेपानी आयोजनाहरुमा बजेटको पहल तथा व्यवस्था गरेका छन् । घनावस्तीको रुपमा विकसित भैरहेको बुनपा क्षेत्रमा देखिएको खानेपानीको हाहाकारलाई राहत दिनका लागि थापाको पहलमा यी खानेपानीका आयोजनाहरु शुरु हुन लागेको हुन् । १५ वटा नयाँ पूराना आयोजनाहरुमा जोरधारा खानेपानी संरक्षण संस्था पनि परेको छ । त्यसैगरी कपन राममन्दिर खानेपानीलाई बजेट परेको छ भने प्रायः रकम डिपबोरिङका लागि माग भएकोले सोही अनुरुप बजेट पारिएको देखिएको छ ।

15215696_1347478475265094_1535040933_o

बुनपाबाट प्राप्त विवरण अनुसार खानेपानीको सबैभन्दा बढि आयोजना साविक कपन गाविसमा केन्द्रित रहेको छ । बुनपा कर्मचारीका अनुसार बजे अधिकतम १ करोडदेखि न्यूनतम ५ लाखसम्मको रहेको छ । यी आयोजना सम्पन्नपश्चात कपन क्षेत्रलगायत धेरै ठाउँमा पानीको समस्यामा राहत हुने बताइएको छ । ती कर्मचारीले बताए अनुसार बुनपामा आएको पत्रमा यी सबै आयोजना नाम पछाडि गगन थापा उल्लेखित गरिएकोले यी आयोजनाहरु स्वास्थ्य मन्त्रीमार्फत प्राप्त भएको भन्न समस्या हुँदैन ।

तपाइँको प्रतिक्रिया ।