शैक्षिक तथा धार्मिक महोत्सवलाई रु १२ लाख

कपन अनलाइन, गुल्मी, १४ मङ्सिर ।

गुल्मीको हस्तिचौरमा रहेको हिमालय उच्च माध्यमिक विद्यालयले सञ्चालन गर्न लागिरहेको गुल्मी जालपा हस्तिचौर शैक्षिक तथा धार्मिक महोत्सव नजिकिँदै गर्दा आर्थिक सङ्कलन अभियानलाई तीव्रता दिइएको छ ।

विद्यालयलाई जिल्लाकै नमुना प्राविधिक शैक्षिक संस्था तथा क्याम्पस सञ्चालनार्थ यही मङ्सिर २५ गतेदेखि पुस २ गतेसम्म महोत्सव सञ्चालन हुँदैछ । हालसम्म शान्ति कलश र नगद गरी रु १२ लाख आर्थिक सहयोग प्राप्त भएको संयोजक शेरबहादुर कुँवरले जानकारी दिनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।