मंसिर ११ गते घटराज पुरस्कार तेजेश्वरबाबु ग्वंगलाई प्रदान गरिने

कपन अनलाइन, ८ मंसिर २०७३

ghatraj

प्रशिद्ध साहित्यकार स्व. घटराज भट्टराईको स्मृतिमा घटराज भट्टराई स्मारक कोशले प्रदान गर्न लागेको घटराज पुरस्कार मंसिर ११ गते प्रदान गरिने भएको छ । प्रशिद्ध संस्कृतिविद् तथा लेखक तेजेश्वरबाबु ग्वंगलाई प्रदान गरिने लागिएको सो पुरस्कार शताब्दी पुरुष सत्यमोहन जोशीले प्रदान गर्ने कार्यक्रम रहेको डा. राजेश भट्टराईले बताएका छन् । नेपाली भाषा, साहित्यको लेखन तथा सम्पादनमा विशिष्ट योगदान पुर्याएका स्व. घटराज भट्टराई बुनपा १४ निवासी हुन् । स्व. भट्टराइको स्मृतिमा स्थापित घटराज मेमोरियल स्कूल प्रांगणमा मंसिर ११ गते दिनको १ बजे आयोजना गरिन लागेको कार्यक्रममा नेपाली साहित्यका प्रशिद्ध व्यक्तिहरुको उपस्थिति हुने बताइएको छ ।

तपाइँको प्रतिक्रिया ।