सुजाता कोइरालाले पाठेघरको पनि शल्यक्रिया गराइन्

सुजाता कोइरालाले पाठेघरको पनि  शल्यक्रिया गराइन्

कपन अनलाइन, काठमाडौं, ८  मंसिर ।

 

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालालाले  पाठेघरमा भएको  क्यान्सरको पनि शल्यक्रियागराइएको  पारिवारिक स्रोतले जानकारी दिएको छ ।

sujata-crying

स्तन क्यान्सर लागेको थाहा पाएपछि उपचारका लागि कात्तिक २८ गते सिंगापुर गएकी सुजातालाई सेन्ट पिटर्सवर्गमा चेकजाँचका क्रममा पाठेघरको क्यान्सर भएको संकेत देखिएको थियो । र उक्त अस्पतालले थप परीक्षणका लागि मलेसियाको सनवे अस्पताल पठाउँदा पाठेघरको क्यान्सर पनि भएको पत्ता लागेको हो ।  विश्वमा प्रति वर्ष पाँच लाख महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ, जसमध्ये दुई लाखको मृत्यु हुने गरेको छ।

सामान्य अवस्थामा शरीरमा कोषहरू बन्ने र निश्चित समयपछि आफैं नष्ट भइरहेको हुन्छ। कुनै कारण यो प्रक्रिया रोकियो भने अनियन्त्रित रूपमा कोष विभाजन भएर ट्युमर (क्यान्सर) हुन्छ। ट्युमरमा रक्त प्रभाव नहुने भएकोले अङ्ग विशेषले निश्चित आकार ग्रहण गर्न नसक्ने, कुहिने, वरिपरिको भागमा ट्युमर फैलिने र बाह्य सतह छेडिने हुन्छ।

कतिपय ट्युमरले अनावश्यक रूपमा रासायनिक पदार्थ उत्पादन गरी थप जटिलता निम्त्याउँछ। कोष बन्ने, नष्ट हुने र डीएनए निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने वंशाणु (जीन) मा खलल पुग्यो भने कोष निर्माण प्रक्रिया अनियन्त्रित भएर क्यान्सर हुन्छ। यसरी क्यान्सर हुने गरी जीनमा असर पुर्‍याउने तत्वलाई अन्को जीन भनिन्छ। कतिपय रेट्रोभाइरसहरूमा यस्तो अन्को जीन हुन्छ। हिमाल खबर पत्रिकामा  डा. सुमनराज ताम्राकारले  लेखेका छन् ।  

आइतबार मलेसियाको सनवे अस्पताल पुगेकी सुजाताको मंगलबार सफलतापूर्वक पाठेघरको अप्रेशन भएको छ ।यद्यपी स्तन क्यान्सरको पूरा रिपोर्ट अझै आउन बाँकी छ । सिंगापुरको सेन्ट पिटर्सवर्ग अस्पतालले छिट्टै यो रिपोर्ट उपलब्ध गराउने बताइएको छ । हाल सुजाता मलेसियामा आराम गरिरहेकी छन् ।

यसअघि सरकारले सुजातालाई ५० लाख उपचार खर्च दिने निर्णय गरेको थियो ।

 

तपाइँको प्रतिक्रिया ।