मलेसियामा नेपालीहरुको उद्धारको लागि कल्याणकारी कोष स्थापना

मलेसियामा  नेपालीहरुको उद्धारको लागि कल्याणकारी कोष स्थापना

13901414_1784546435116104_6294941271249404593_n

कपन अनलाइन, २५ साउन, २०७३

गैरआवासीय नेपाली संघ मलेसियाले नेपालीहरुको उद्धारको लागि कल्याणकारी कोषको स्थापना गरेको छ । राजधानी क्वालालम्पुरमा गत शनिबार बसेको संघको बैठकले मलेसियामा समस्या पर्ने नेपालीहरुको उद्धारका लागि एनआरएन कल्याणकारी कोषको स्थापना गरिएको संघले विज्ञप्ति प्रकाशित गरिएको संघका अध्यक्ष बिश्व बिक्रम राईले जानकारी दिएका छन् ।

13956958_1784521805118567_1488497425_n
संघको सञ्चालानार्थ शंकर बहादुर पौडेल, विश्व बिक्रम राई, भवानी शंकर तिवारी, प्रेम पाण्डे तथा खगेन्द्र न्यौपाने उक्त समितिमा रहेका छन् । अन्तर्राष्ट्रिय संयोजक अष्ट्रेलीयाका पूर्ब अध्यक्ष गणेश के.सी. समेत समितिमा रहेका छन । कल्याणकारी कोषबाट मलेसियामा कार्यरत नेपालीहरुको हित, संरक्षण र समस्यामा परेकाहरुलाई उद्धार गर्ने विज्ञप्तिमा मार्फत जनाइएको छ । साथै मलेसियामा रहेका नेपालीहरुलाई एकताबद्ध बनाई समस्यामा रहेका नेपालीहरुको पहिचान गरि नेपाली दूतावास, विभिन्न संघ सस्था र पिडितका परिवार संग समन्वय गर्दै कल्याणकारी कोष संचालक समिति लाई तिब्र अगाडि बढ्ने बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

संघका अध्यक्ष विश्व बिक्रम राईको अध्यक्षतामा बसेको बैठकले विभिन्न महत्वपूर्ण बैठकमा उपस्थित नभएको भन्दै कार्य समितिका केही सदस्यहरुलाई हटाएको छ । बैठकले उपाध्यक्षमा रमेश प्रसाद तिवारी र सदस्यमा योगेन्द्र कोईरालालाई सर्ब सहमति मा मनोनित गरेको छ । अध्यक्ष राई तथा महासचिव सुन्दर आलेद्धारा संयुक्त हस्ताक्षरीत बिज्ञप्तिमा शुक्रबार जोहोरमा हतियारधारी समूहद्धारा आक्रमण गरि हत्या गरिएका सुनसरिका नगेन्द्र चौधरीको बारेमा सत्यतथ्य पत्ता लगाई दोषीलाई कार्बाही गर्न माग  गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।