रियो ओलम्पिकमा शिरिषको कीर्तिमानी प्रदर्शन
कपन अनलाइन, २६ साउन, २०७३
ब्राजिलमा जारी रियो ओलम्पिकमा नेपाली पौडी खेलाडी शिरिष गुरुङले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । १०० मि को फ्रि स्टाइलको स्पर्धामा उनले ५७.७६ सेकेन्डमा दूरी पूरा गरी नयाँ कीर्तिमान कायम गरेका हुन् । सत्र वर्षीय शिरिषले ४५ पटक भन्दा बढी राष्ट्रिय कीर्तिमान कायम गरिसकेका छन् । उनी नेपालका कुशल पौडीबाज हुन् ।
तपाइँको प्रतिक्रिया ।