प्रवाशी नेपाली मंच मलेसियाका उपाध्यक्ष रमेशप्रसाद आचार्यसँगको अन्तरवार्ता

प्रवाशी नेपाली मंच मलेसियाका उपाध्यक्ष रमेशप्रसाद आचार्यसँगको अन्तरवार्ता

कपन अनलाइन, १६ साउन, २०७३

केही बर्ष अगाडि देशको बिग्रँदो राजनैतिक परिस्थिति र गरिबको कारण मलेसिया पुगेका  तनहुँ जिल्ला घासीकुवा ६ का रमेश प्रसाद आचार्य एक स्पष्टबक्ता जुझारु स्वभाब र हरेक उत्पीडनताहरुको बिरोधिको रुपमा परिचित छन्   । उनी मलेसिया भासिए पानि  आफ्नो ड्युटीभन्दा समकक्षी कामदार साथीहरुका आम समस्यामाथि बढी चिन्तित बनेको देखिन्छ । नेपालमा सम्पन्न दर्जनौ बिद्यार्थी आन्दोलनहरुमा सशक्त भूमिका निभाएका  रमेशप्रसाद आचार्य  एमालेको  अनेरास्ववियु तनहुँ जिल्ला अध्यक्ष हुँदै केन्द्रिय सदस्यसम्म निर्वाचित भएका थिए । हाल उनी  प्रवाशी नेपाली मन्च मलेसियाका केन्द्रिय उपाध्यक्ष छन् । आचार्यसँग कपन अनलाइन मलेसिया प्रतिनिधि  दिनेश खड्का खप्तडीले समसामयिक  विषयमा गरेको कुराकानीको अंश:-

Malaya copy

कपन अनलाइन : तपाईले मलेसियाका नेपालीहरु पछिलो समयको अवस्था के कस्तो देख्नु भएको छ ?

  • थोरै ठाँउमा मात्र नेपालीहरुलाइ सहज छन् ।  अधिकांश ठाउँमा नेपालीहरुको अवस्था सार्है दयनीय छ। कष्टपूर्बक नेपाली कामदारले काम गरिरहेका छन् ।

कपन अनलाइन : मलेसियामा आम नेपालीहरुका खास समस्यहरु के के हुन् ?

  • (१ ) होस्टेलमा  बस्नेहरूको ,सुत्ने ठाउँ ,किचन  र शौचालयको असुविधा ।
  • ( २) काम गर्ने ठाउँमा बस्ने ,शौचालय र खानेपानीको असुविधा ।
  • (३) समयमा तलब नपाउने समस्या ।
  • ( ४) मलेसियाका नागरिकबाट लुटपाट ,हत्याहिंसा र बलात्कार सम्म हुने समस्या ।
  • (५) प्रहरीबाट अनावश्यक दु: ख दिने समस्याहरु छन

कपन अनलाइन : मलेसियामा नेपालीहरुको सँख्या कति छ होला ? 

  • एक बर्ष अघि राजदूत बाट १० लाख नेपाली भएको जानकारी आएको थियो यति बेला ९ लाखको हाराहारीमा हुन सक्छन् ।

कपन अनलाइन :  केहि हप्ता अघि नेपालका श्नम मन्त्रि दिपक बोहरा मलेसिया भम्रण गरेका थिए  । उनीसँग तपाइले भेटघाट  भयो ? 

  • श्रममन्त्रि मलेसिया आएको जानकारी पाइयो तर आफ्नै ब्याक्तिगत समस्याको कारण भेटघाट हुन सकेन।

कपन अनलाइन :  मलेसियामा महिलाहरुको सख्याँ पनि धेरै छ र  उनीहरूअसुरक्षित छ न् भनिन्छ  के हो ?

  • महिलाहरु असुरक्षित छन् तर यहाँ पुरुषको तुलनामा महिलाहरु सुरक्षित छन् ।  किनकी नेपाली राजदुतावासले महिलाको बारेमा अलिकति चासो लिएको छ भन्ने कुरा जानकारीमा आएको छ, महिला कामदार बस्ने होस्टेल र काम गर्ने ठाउको राजदुतावासले ध्यान दिएको देखिन्छ ।

कपन अनलाइन :  हाल नेपाल सरकारले लागु गरिरहेको फ्रि भिसा फ्रि टिकट कति को प्रभाकारी भैरहेको पाईन्छ ?

  • सरकारको उक्त निर्णय नेपाली कामदारको हितमा छ तर नेपाली म्यानपावर व्यवसायीबाट पुर्ण रूपमा लागू भने हुनसकेको छैन  । अहिले पनि लाखौं रुपैँया असुलेर म्यानपावर ब्यबासायीले नेपाली कामदारलाई १० हजारको बिल दिने काम गरेका छन् । यसलाई पूर्णरूपमा लागू गर्न नेपाल सरकारले व्यापक रूपमा अनुगमन गरी दोषी उपर हदैसम्मको कारबाही गर्नुपर्द्छ । त्यसै गरि बिदेश जान चाहने कामदारले १० हजारभन्दा बढी रकम म्यानपावर ब्यबसायीलाइई दिनु हुँदैन । यसलाई प्रभावकारी रूपमा लागु गर्न बैकिङ मार्फत नेपाली कामदारले  म्यानपावर कम्पनीको खातामा रकम  जम्मा गर्नुपर्छ ।  यसो गरियो भने म्यानपावर कम्पनीबाट कामदारमाथि ठगी गर्नमा केहि कमि आउँछ ।

कपन अनलाइन :  तपाईहरुको संस्था  प्रवाशी नेपाली मन्च मलेसियाले हालसम्म नेपाली कामदारहरुको लागि के कस्तो भूमिका निर्वाह गरेको छ ?

  • मलेसियामा प्रबासी नेपाली मंचको स्थापना सन २०१५ सेप्टेम्बर १६ तारीखमा भएको हो ।स्थापनादेखि आजसम्मको दौरानमा नेपाली कामदारमाथि भएका अनेकखाले समस्याको बारेमा राजदुतावासलाई अवगत गराउने, राजदुत मार्फत यहाँको सरकारलाई दबाब दिने काम भएको छ । त्यसैगरी  मलेसिया सरकारको निमन्त्रणामा मलेसिया आउनुहुने पूर्व प्रधानमन्त्री झलनाथ खनाल मार्फत नेपाली कामदारको हरेक समस्याको बारेमा अबगत गराउने काम गरि मलेशियन सरकार सँग  कुरा गराउने पहल गरियो ।  साथै प्रबासी नेपाली मंच मलेसियाको प्रथम अधिबेशनमा प्रमुख अतिथि नेकपा एमालेका महासचिव इश्वर पोख्रेल र बिशिष्ट अतिथि योगेश भट्टराईलाई नेपाली कामदारको हरेक समस्याको जानकारी गराई राजदुत सङ भेटघाट गरी समस्या समाधान गर्न पहल गरियो । जेलमा रहेका नेपाली कामदारलाई जति सक्दो  छिटो नेपाल फर्काउन  नेपाल सरकारलाई  दबाब दिने काम गरियो ।  त्यसै गरि नेपाल फर्किन नसक्नु भएका दाजुभाइ तथा दिदीबहिनीहरुलाई आर्थिक सहयोग गर्ने सम्मको काम गरिएको छ।

कपन अनलाइन :  पाइँहरुले काम धेरै गरेको जस्तो देखाउनु भयो तर समस्या ज्यूँको त्यूँ  छ भन्छन पिडितहरु  ?

  • प्रबासी नेपाली मन्च आफैले ती समस्याहरुलाइ समाधान गर्न सक्दैन ।  यस मंचले नेपाली कामदारको हरेक समस्याको बारेमा राजदूतावासलाई जानकारी गराउने र ती समस्यालाई निराकरण गर्नका निम्ति दबाब दिने भएको हुनाले जति काम हुनु पर्ने हो त्यति काम राजदूताबासले पहल नगरेको हो कि भन्ने कुरा हामीलाई लागिरहेको छ । त्यसैले नेपाली कामदारमाथि पर्ने जस्तोसुकै घटनालाई समाधान गराउन राजदुतावासलाई हामीले ध्यानाकर्षण गराएका छौ । हामीलाई लागेका यी बिषयमा राजदूतावासबाट आबश्यक ध्यान दिई नेपाली कामदारको समस्या हल हुनेछ भन्ने अपेक्षा गरेका छौ।

कपन अनलाइन :  मलेसियामा जिफन्ट सपोर्ट ग्रुप पनि गठन भएको छ । र नेपालीहरुका लागि जिफन्ट सपोर्ट ग्रुपले चाहिँ  कस्तो भुमिका निभाई रहेको छ ?

  • मलेसियामा जिफन्ट सपोर्ट ग्रुप  सन २००५  देखि नै सक्रिय रूपमा सक्रिय छ । यसले मलेशियन ट्रेड युनियनसँग कार्यगत एकता गरि नेपाली कामदारको जस्तोसुकै समस्या पनि हल गर्दै आएको छ। रोजगारदाता कम्पनीले तलब नदिने समस्या , भिसाको म्याद नथपिदिने समस्या , होस्टलमा हुने खानेपान, शौचालय, किचन, बाथरुम बस्ने तथा सुत्ने ठाउको समस्या, बिरामी हुँदा रोजगारदाता कम्पनीले उपचार नगरिदिने हरेक खाले समस्यालाई यहाँको लोकल ट्रेड युनियन सँग मिलेर न्यायको लागि अदालतसम्म जाने काम गरिरहेको छ।

कपन अनलाइन :  केहि दिन अघि मलेसियाको जोहरमा सागर श्रेष्ठलगायत केहि नेपालीहरु गाडि दुर्घटनामा परि घाईते भएका थिए ।   उनीहरुको त्यहाँ कै एक उच्च हष्पिटलमा उपचार  गरिरहेको समाचार आएको छ हाल धेरै खर्च भएको तर कम्पनीे ले कुनै पहल नचालेको  पिडीत पक्षको  भनाई छ यस मा मन्च र जिफन्टको कुनै भुमिका रहँदैन ?

  • जोहोरमा भएको गाडी दुर्घटनाको बारेमा आफुलाइ जानकारी नभएको छैन ।  भर्खर मात्र तपाईहरुबाट जानकारी आएको हुनाले त्यस घटनाको बारेमा खोजबिन गरि राजदुतावासलाई दबाब दिई रोजगारदाता कम्पनीबाट घाइतेलाई उपचार क्षतिपूर्ति बापत रकम दिलाउन पहल गर्नेछौँ  ।

कपन अनलाइन :  तपाई मन्चको उपाध्यक्ष हुनु हुन्छ यस्ता घटनाहरु जानकारी  छैन भनु हुन्छ किन ?

  • म प्रबासी नेपाली मंचको उपाध्यक्ष भए पनि म पनि मलेसियामा कामदार नै हो। मैले काम गर्ने समयमा मोबाइल चलाउन नपाउने हुनाले मैले ती घटनाको बारेमा समयमा जानकारी नपाएको कुरा सत्य हो।

कपन अनलाइन :  मलेसिया राजदुतलाई नेपाल मेनपावर व्यवसायीहरुले श्नम हितमा काम गर्न नसकेको भनी फिर्ता बोलाउन सरकारसँग ज्ञापन प्रत्र बुझाएको छ । यस मा तपाई के भनु हुन्छ  ?

  • मलेसियामा राजदुतले कुनै काममा अनियमितता गरेका हुन भने, नेपाली कामदारहरुको पक्षमा काम नगरेका हुन भने नेपाल सरकारको छानबिन गर्ने र कारबाही गर्ने आफ्नै निकाय छ । यदि राजदुतबाट त्यस्ता कमिकमजोरी र अनियमितता भएको छ भने कार्बाही गरिनु पर्दछ जहाँ सम्म मेनपावर व्यवसायीहरुको कुरा छ उनिहरुलेनै नेपाली कामदार माथी शोषण गरिरहेका छन् । फ्रि भिसा र फ्रि टिकटलाई कार्यन्वयन गर्न चाहिरहेका छैन । यस्तो बेलामा उनीहरुको राजदुत फिर्ता हुनुपर्छ भन्ने मागको कुनै अर्थ छैन ।

कपन अनलाइन :   मलेसिया सरकारले नेपाली लाई कुन दृष्टिले हेर्दो रहेछ  ?

  • मलेसिया सरकारले नेपालीलाई सेवकको रूपमा मात्र हेरेको छ। यहाँका कामदार र विदेशी कामदारमा सेवा र सुबिधामा काखापाखा गरिएको छ।

कपन अनलाइन :  तपाई मलेसिया मा रहेका नेपालीहरु लाई असुरक्षित बाट सुरक्षित रहन के सल्लाह दिनु हुन्छ ?

  • मलेसियामा नेपालीहरु यहाँका नागरिक बाट असुरक्षित भएको हुनाले  (क) बजार जादा एक्लै नजाने साथीहरू सँग मिलेर जाने (ख) साथमा धेरै पैसा लिएर नहिडने (ग) महँगो महँगो मोबाइल प्रयोग  नगर्ने (घ) रक्सि र बिएर खाएर रातिराति नहिड्ने (ङ) आफू बसेको होस्टेलमा तालाचाबी लगाएर सुरक्षित रूपमा बस्ने (च) यहाँको नागरिकसँग बढी हिमचिम नबढाउने ।

कपन अनलाइन : तपाइँको बिचारमा नेपाल सरकारले आम प्रवाशीहरुका लागि के गर्नु पर्छ?

  • नेपाल सरकारले आफ्नो देशको नागरिक वैदेशिक रोजगारमा जानू भन्दा अगाडि सम्बन्धित देश सङ श्रम सम्झौता  गर्नुपर्द्छ । राजदुतावास नभएको देशमा राजदुतावास खोल्नु पर्द्छ । राजदुतावास भएको देशमा राजदुतावासमार्फत हरेक नेपालीहरुको समस्या समाधान गर्न सम्बन्धित देश सँग कुटनैतिक पहल गर्नुपर्दछ ।

कपन अनलाइन : मलेसियाबाट हेर्दा  बर्तमान राजनितिक गतिरोधको अन्त्य के हुन सक्ला ?

  • सबै राजनैतिक दलहरु मिलेर सहमतीय  सरकारको गठ्न गर्ने, त्यसो हुन नसकेमा बहुमतिय सरकार गठन गरिनुपर्छ र सबै राजनीतिक दलको सहमतिमा संविधानलाई जति सक्दो छिटो कार्यन्वयन गर्नुपर्दछ।

कपन अनलाइन : मन्चको महाधिबेशनको पूर्वसन्ध्यामा हुनु  हुन्छ  र  अधिबेशनका लागि बिभिन्न राज्य  कमिटी क्षेत्रीय कमिटीहरु पनि गठन पुनर्गठन गर्दै हुनुहुन्छ । अब तपाइँको उम्मेवारी कुन पदमा  हो  ?

  • प्रबासी नेपाली मन्चको  कार्यकाल २ बर्ष  को भएकोले  अधिबेशन हुने समय आउन अझै ८ महिना  बाँकी रहेको छ । जहाँसम्म राज्य कमिटी र क्षेत्रीय कमिटी गठन हुनु मंचको नियमित प्रक्रिया हो।अधिबेशनको मिति पनि नतोकिएको सन्दर्भमा अहिले आएर मलाई यो पद चाहिन्छ भन्नु अलि हतार हुनेछ ।

कपन अनलाइन : अन्त्यमा केही भन्न चाहनु हुन्छ ?

  • तपाईंहरुको अनलाइनमार्फत आफ्नो भनाइहरु राख्ने समय उपलब्ध गराइदिनु भएकोमा बिशेष धन्यवाद दिन चाहन्छु । साथै यहाँ हरुको अनलाइन पत्रिका अबका दिनहरुमा झनै सशक्त बन्दै अगाडि बढोस् भन्ने कामना गर्दछु।

 

तपाइँको प्रतिक्रिया ।