उज्वल थापा: भुत्रो वीर गोर्खाली – हामी त कायर नेपाली

उज्वल थापा: भुत्रो वीर गोर्खाली – हामी त कायर नेपाली

कपन अनलाइन /५ साउन ।

हामी आफूलाई वीर गोर्खाली (नेपाली) भन्छौँ तर व्यवहारमा – कायर नेपाली !
कसरी ? भनी सोध्नु होला।

Ujal Thapa

यसरी …

• आफ्नै परिवारलाई हात हाल्न नडराउने तर भ्रष्टाचार गर्नेहरुलाई औँलो ठड्याउन डराउने

• हामी – वीर गोर्खाली कि कायर नेपाली? बिजुली, पानी, ग्यासँ, पेट्रोल जस्ता आधारभुत आवश्यकताबाट दिनहुँ बंचित हुँदा पनि सडकमा आउन डराउने हामी वीर गोर्खाली कि कायर नेपाली?

• हल्लै हल्लाको बन्दमा घरै डराएर लुक्ने हामी वीर गोर्खाली कि कायर नेपाली?

• १३ बर्ष सम्म स्थानिय नेतृत्व नहुँदा पनि चुप लागेर पहिले कै भातमाराहरुको राज सहने हामी वीर गोर्खाली कि कायर नेपाली?

• आर्यघाटमा भन्दा बढि बिदेशी दुताबास अगाडि रुने हामी वीर गोर्खाली कि कायर नेपाली?

• देश टुक्याउन खोज्नेका बिरोध, खाली चिया पसल भित्र मात्र गर्ने हामी वीर गोर्खाली कि कायर नेपाली?

बाटोमा फोहर फाल्ने, ढल नदिमा मिसाउने, लाईन मिच्ने जस्तालाई देखे पनि नदेखे जस्तो गरी पाखा लाग्ने हामी – वीर गोर्खाली कि कायर नेपाली?
• बागमतीको किनारबाट सुकुम्बासीलाई हटाउदाँ फेसबुकमा कडा बिरोध गर्ने तर असक्षम ६०१ लाई संबिधानसभाबाट हटाउन चाहिँ सडकमा एक मिनेट नउभिने हामी – वीर गोर्खाली कि कायर नेपाली?
• बिदेशीसँग थर्कमान हुने, पैसा घोप्टो पारी माग्ने तर देशलाई गरिब बनाउनेहरु देख्दा देख्दै ओठँ सिलेर बस्ने हामी – वीर गोर्खाली कि कायर नेपाली?
• घर भित्र सिन्को नभाच्ने तर फेसबुकमा संसारलाई अब हामीले यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ भनी फुर्ति देखाउने हामी – वीर गोर्खाली कि कायर नेपाली?
• जातको नाममा छिमेकी माथी जाई लाग्ने तर देशको बेईज्जती हुँदा चाहिँ “यस्तै हो, के गर्ने” भन्ने हामी – वीर गोर्खाली कि कायर नेपाली?
• आफुलाई नेपाली भन्ने तर नेपाली कसरी बन्ने? थाहा नभएका हामी – वीर गोर्खाली कि कायर नेपाली?

त्यसैले पहिले आफु नेपाली बनेर देखाम् अनि बल्ल आफूलाई ‘वीर’ नेपाली (गोर्खाली) भनम्।

यदि नेपाली बन्ने कोशिशमै हुनुहुन्छ भने मेरो हार्दिक शुभकामना र धन्यवाद !

नेपाल आमाको जय ! वीर नेपालीको जय होस् !
*** (यहाँ “गोर्खाली” भन्नाले “नेपाली” नै भन्न खोजेको हुँ । अन्यथा नबुझिदिनुहोला

उज्वल थापा   विवेकशील नेपाली पार्टीका  अध्यक्ष हुन्न ।  यहाँ प्रस्तुत गरिएको लेख हामीले उन्को ब्लग बाट साभार गरिएको हो ।
तपाइँको प्रतिक्रिया ।