चालिसेले आफ्नो समितिमा श्रीमती सिफारिस गरेपछि कपन क्याम्पस तनावमा

चालिसेले आफ्नो समितिमा श्रीमती सिफारिस गरेपछि कपन क्याम्पस तनावमा

1476473_1413819462188958_2138545489_n

कपन अनलाइन, १० असार, २०७३
बुनपाको प्रतिष्ठित सामुदायिक क्याम्पस कपन बहुमुखी क्याम्पसका एक व्यवस्थापन समितिका सदस्यले उनको संयोजकत्वमा बनेको उपसमितिमा आफ्नै श्रीमती सिफारिस गरेका छन् । पार्टीगत भागवण्डामा नेपाली कांग्रेसको भागबाट एकाएक मनोनित भएका पुस्कर चालिसे उनको भागमा परेको एक उपसमितिमा आफ्नै श्रीमतीको नाम सिफरिस गरेका छन् । कपन बहुमुखी क्याम्पस व्यवस्थापन समितिका एक सदस्यका अनुसार सहकारीसम्बन्धि उपसमितिमा चालिसेले आफ्नी श्रीमती मुना कार्कीको नाम सिफारिस गरेका हुन् । नाम बताउन नचाहने ती सदस्यका अनुसार कार्की आजीवन सदस्यसमेत नरहेका अवस्थामा चालिसेले उधारो आजीवन सदस्यता दिलाएर श्रीमतीलाई आफ्नो समितिमा सदस्य राखेका हुन् ।

नेपाली कांग्रेसको कुनै पनि किसिमका सदस्यसमेत नरहेका चालिसेलाई एकाएक कांग्रेसको कोटामा क्याम्पस व्यवस्थापन समितिमा लगिएका बारेमा समेत ठूलो विवाद चलिरहेको बेला चालिसेले आफ्नै श्रीमतीलाई सदस्य बनाउन पहल गरेपछि नेपाली कांग्रेसभित्र उनको ठूलो बिरोध भएको छ । क्याम्पस व्यवस्थापन समितिमा बस्ने कुनै दक्षता नभएका भनेर समेत आलोचित चालिसेमाथि नवदुर्गा स्वास्थ्य भवनलाई उपयोगहिन बनाएको आरोप लामो समयदेखि लाग्दै आएको छ । चालिसेलाई कपन बहुमुखी क्याम्पस व्यवस्थापन समितिबाट फिर्ता बोलाउन चौतर्फि दबाव आएको बताइन्छ । बुनपा वडा नं. १४ का नेका एक चिनिएका क्रियाशिल सदस्यले चालिसेलाई अवसरवादी बताउँदै उनी नेपाली कांग्रेस हुनै नसक्ने बताए ।

तपाइँको प्रतिक्रिया ।