लागु पदार्थ दुव्र्यसनी विरुद्ध जनचेतनामुलक कक्षा सञ्चालन

लागु पदार्थ दुव्र्यसनी विरुद्ध जनचेतनामुलक कक्षा सञ्चालन

अशोकराज पाण्डे / कपन अनलाइन ९ असार  |

बूढानीलकण्ठ नगरपालिका १२ मा रहेको युवा एकीकरण क्लबले आज कपनको बाल उद्धार उमाविमा लागु पदार्थ दुव्र्यसनी विरुद्ध जनचेतनामुलक कक्षा सञ्चालन गरेको छ ।

13515257_1087135831325475_796646271_n

कपन आसपासका करिब आधा दर्जन विद्यालयका कक्षा ७, ८, ९ का २५० भन्दा बढि विद्यार्थीहरु बीचमा सञ्चालित जनचेतनामुलक कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेकपा एमालेका सांसद डा. राजन भट्टराई उपस्थित रहेका थिए ।
कार्यक्रममा लागुपदार्थ अनुसन्धान ब्युरोका प्रहरी निरीक्षक कुसुम कुमार बस्नेत लगायतले विद्यार्थीहरुलाई लागुपदार्थको प्रयोग र दुव्र्यसनी बारे जानकारी गराएका थिए ।

13511405_1087135834658808_822377677_n

कार्यक्रमका प्रमुख अतिथि डा.राजन भट्टराईले विद्यार्थीहरुलाई कुनैपनि हालतमा दुव्र्यसनीमा नलाग्न आग्रह गरे ।
कार्यक्रममा काठमाडौँ जिल्ला खेलकूद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपाने, नेपाली काँगेशका प्रतिनिधि देवेन्द्र पौडेल, नेकपा एमाले बूनपा १२ का संयोजक नवराज भट्टराई, नेकपा माओवादीका प्रतिनिधि धु्रव बस्नेत लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा सहभागी विद्यार्थीहरु मध्ये केहीलाई कपनअनलाइनले कार्यक्रमको उपयोगिता बारे प्रश्न गर्दा कार्यक्रममा सहभागि रिलायन्स इन्टरनेशनल एकेडेमीका विनम्र खड्काले कार्यक्रमले आफूले लागुपदार्थ प्रयोग गर्न हुन्न भन्ने जानकारी प्राप्त गरेको बताए ।

13530654_1087135847992140_1580115733_n

कार्यक्रममै सहभागि पुष्पलाल मेमोरियल उमाविका विद्यार्थी सिमा डोल्मा तामाङ्गलाई कपनअनलाइनले कार्यक्रमको उपयोगिता बारेमा सोध्दा लागुपदार्थको दुव्र्यसनीको बारेमा धेरै जानकारी प्राप्त गरेको बताइन । त्यसैगरी रिलायन्सकै विभुसा चौलागाईले पनि कार्यक्रम सफल भएको बताइन् ।

संसद विकास कोषको आर्थिक सहयोगमा सञ्चालन भएको कार्यक्रम क्बलका अध्यक्ष बिष्णुप्रसाद भट्टराईको सभापतित्व र सचिव जनार्दन ढुङ्गानाको सञ्चालनमा भएको थियो ।

तपाइँको प्रतिक्रिया ।