गगन थापाको “जनता क्लिनिक” कार्यक्रम शुरू, तेज रोक्काले नि:शुल्क औषधि बाँडे

गगन थापाको “जनता क्लिनिक” कार्यक्रम शुरू, तेज रोक्काले नि:शुल्क औषधि बाँडे

13532891_1065077496861972_2795851208754940074_n

कपन अनलाइन, ११ असार, २०७३

सांसद गगन थापाले आफ्नो क्षेत्र केन्द्रित स्वास्थ्य शिविर ‘जनता क्लिनिक’ का्रयक्रम आजबाट बिधिवत शुरुवात भएको छ । बुनपा वडा १२ को बालउद्धार स्कूल प्रांगणमा आज आयोजित बाल स्वास्थ्य शिविरसँगै मासिक रुपमा आयोजना हुने यस कार्यक्रमको शुरुवात भएको हो । आफ्नो निर्वाचन क्षेत्रसँग संबन्धित बिबिध पक्षसँग प्रत्यक्ष जोडिने प्रकृया स्वरूप यो कार्यक्रमको अबधारणा विकास गरिएको हो । आज बिहान ११ बजेदेखि २ बजेसम्म आयोजित बाल स्वास्थ्य शिविरमा १०० जना बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । कार्यक्रममा समाजसेवी तेज रोक्काले क्यानडाबाट  ल्याएर उपलब्ध गराएको बाल स्वास्थ्य सम्बन्धि बिभिन्न भिटामिनजन्य औषधिहरू नि:शुल्क बाँडिएको थियो । जनता क्लिनिक कार्यक्रम हरेक महिनाको पहिलो शनिवार आयोजना गरिनेछ ।  जनता क्लिनिकका बारे सांसद गगन थापा के  भन्छन् हेर्नुस् भिडियो ।

फोटोहरू: श्यामकृष्ण संगत

https://youtu.be/He-qqVcfhiA

13516389_1065082633528125_6022924142420467550_n13502107_1065082790194776_5666351380642660420_n13537619_1065082580194797_5059959437841964434_n

तपाइँको प्रतिक्रिया ।