०१९ सालदेखि हालसम्म प्राथमिक विद्यालयमै रुमिल्लएको भद्रकाली प्रावि जुर्मुराउने जमर्काे गर्दै

०१९ सालदेखि हालसम्म प्राथमिक विद्यालयमै रुमिल्लएको भद्रकाली प्रावि जुर्मुराउने जमर्काे गर्दै

IMG_0090

कपन अनलाइन, जेठ-२, २०७३

बुढानिलकण्ठ नगरपालिका वडाल नं. ७ मा रहेको प्रसिद्ध भद्रकाली मन्दिर परिसरमा एउटा भवन बनिरहेको छ । निकै नै थोरै धरातलमा बसेको मन्दिरको परिसमा बनेको घरले वातावरण भद्धा देख्निछ । मन्दिरलाई पर्याप्त खाली जमिन नभएको जस्तो लाग्छ । वर्षको एकपटक बैशाख–जेठमा जात्रा लाग्ने यो स्थानमा बनिरहेको भवन भद्रकाली प्राविको हो । ०१८ सालमा स्थापित यो विद्यालयमा यतिखेर यसभेकमा रहेका मै हुँ भन्ने धेरैले बाह्रखरी अध्ययन गरेको स्थान हो । अहिले बनिरहेको यो नयाँ भवन रहेकै स्थानमा यसअघि पूरानो भवन थियो यो ऐतिहासिकसरहको विद्यालय । १ वर्षअघि गएको भुकम्पले पुरानो विद्यालय भवन भत्किएपछि बिभिन्न श्रोत तयारर पारेर निर्माणधिन अवस्थामा रहेको छ यो स्कूल । स्कूलको कक्षा यतिखेर नजिकैको ल्कब परिसरमा भुकम्पको बेलामा युनिसेफले बाँडेको पालमा चलिरहेको छ । २०–३० को पालमा ५ वटा कक्षा चलाएर १ वर्ष बित्यो, भवन व्यवस्थापन समितिका अध्यक्ष रहेको पूराना नेता श्यामबहादुर खड्काले कपन अनलाइनसँग भने ।

IMG_0114
यतिखेर विपन्नवर्गमा देखिने वा मानिने ५० जना विद्यार्थी भद्रकाली प्राविमा पढ्छन् । प्रधानाध्यपकसहित ६ शिक्षक छन् विद्यालयमा । विद्यालयको कक्षा चलिरहँदा पनि कतिपय विद्यार्थीले विद्यालयको पोशाकसम्म लाउन सकेको देखिदैन भने विद्यार्थीको संख्या दिनप्रतिदिन घट्दै गएको तथ्यांक विद्यालयसँग छ । यस क्षेत्रका धेरैभन्द्या धेरै व्यक्तिले यो स्कूलबाट प्रारम्भिक शिक्षा लिएका हुँदा विद्यालयको हालत जे भए पनि धेरैको माया भने भद्रकाली विद्यालयले पाएको देखिन्छ । नयाँ भवन बनाउन सांसद विकास कोष, जिल्ला विकास समिति, बुढानिलकण्ठ नगरपालिकाबाट बजेट पार्न धेरैले सहायता गरेको व्यवस्थापन तथा निर्माण समितिका अध्यक्ष श्यामबहादुर खड्का बताउँछन् । विद्यालयलाई शैक्षिकस्तरमा राम्रो बनाउने लक्ष्य राखेका छन् खड््काले ।

गतसाता यो विद्यालयमा बुनपाका विद्यालयहरुका बालबालिकालाई बिभिन्न उपहार बाँड्दै आएका सागर बैजुले केही उपहार बाँडे । विद्यालयका साना नानीहरुलाई जनही करिब १००० रुपैँया पर्ने खालका बिभिन्न स्टेस्नरी तथा सामान्य उपयोग गर्न मिल्ने सामानहरुको पाकेट बाँड्ने क्रममा भद्रकाली प्राविका विद्यार्थीलाई ०७३ सालको शुरुमा उपहार बाँडेका हुन् सागर बैजुले । उपहार वितरण कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं. ४ का सभापति राजु श्रेष्ठ उपस्थित थिए । उपहार वितरण कार्यक्रममा संक्षिप्तरुपमा बोल्दै सभापति श्रेष्ठले आफूले बाह्रखरी पढेको विद्यालयलाई केही गर्ने इच्छा चाहना रहेको बताए ।

केही तस्वीरहरू

IMG_0110 IMG_0107 IMG_0092 IMG_0077 IMG_0090

तपाइँको प्रतिक्रिया ।