रविन अधिकारीलाई शिखर व्यक्तित्व सम्मान, पूर्वमन्त्रि पण्डित तथा उपरीक्षक सर्वेन्द्र खनालमा पनि सम्मानित

रविन अधिकारीलाई शिखर व्यक्तित्व सम्मान, पूर्वमन्त्रि पण्डित तथा उपरीक्षक सर्वेन्द्र खनालमा पनि सम्मानित

Desktop21

कपन अनलाइन, जेठ २, २०७३

बुढानिलकण्ठ नगरपालिकामा एमाओवादी अध्यक्षसमेत रहेका समाजसेवी रविन अधिकारी शिखर व्यक्तित्व सम्मानबाट सम्मानित भएका छन् । सामाजिक संस्था शिखर नेपालले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति नन्दकिशोर पुनको हातबाट अधिकारीलाई सो दिइएको हो ।

समाज परिवर्तन र सामाजिक सेवाको क्षेत्रमा विशेष भूमिका प्रदान गर्दै काठमाडौंको उत्तरी भेकको विकासमा रविन अधिकारीको भूमिकाको बारेमा कार्यक्रममा प्रशंसा गरिएको थियो । राजधानीमा आयोजित एक भव्य कार्यक्रममा अधिकारीलाई उपराष्ट्रपतिको हातबाट सम्मान पाउनेक्रममा देशभरका समाजमा केही प्रशंसनीय योगदान दिने ३ दर्जन व्यक्तिहरु सम्मानित भएका थिए। यसरी सम्मानित हुनेमा  भ्याली महानगरीय अपराध महाशाखाका उपरीक्षक सर्वेन्द्र खनाल, पूर्व मन्त्रि लालबाबु पण्डित पनि रहेका थिए ।

पछिल्ला समय बुढानिलकण्ठ नगरपालिकाको विकास तथा अन्य बिभिन्न निर्माण सन्दर्भमा चर्चा परिचर्चा कमाई रहेका रविन अधिकारीले हालै कपन बहुमुखी क्याम्पसमा ३० लाख रकम उपलब्ध गराउने विशेष पहल गरेकोमा प्रशंसाको शिखरमा रहेका थिए । बुढानिलकण्ठ क्षेत्रको विकास सम्बन्धि दीर्घकालीन योजनासमेत बनाइरहेको अधिकारी बुढानिलकण्ठ नगरपालिका तथा यस आसपासका क्षेत्रबाट सामाजिक क्षेत्रमा विशेष योगदान गरे वापत यति प्रतिष्ठित सम्मान पाउने पहिलो व्यक्ति भएका छन् । सम्मानपछि संक्षिप्त प्रतिक्रिया दिँदै रविन अधिकारीले यस खाले सम्मानले समाजमा अझै केही गरौँ भन्ने उत्प्रेरणा बढाएको बताए । शिखर नेपालले हरेक वर्ष यस्तो सम्मान कार्यक्रम गर्ने गरेको छ ।

तपाइँको प्रतिक्रिया ।