श्रीराम लामिछाने क्षेत्रीय सदस्यमा मनोनित

श्रीराम लामिछाने क्षेत्रीय सदस्यमा मनोनित

13151947_10208911430999979_3261620636713004815_n

कपन अनलाइन, बैशाख २९, २०७३

नेपाली कांग्रेस क्षेत्र नं. ४ का परिचित नेता श्रीराम लामिछानेलाई क्षेत्रीय सभापति राजु श्रेष्ठले क्षेत्रीय सदस्यमा मनोनित गरेका छन् । पुर्व महासमिति सदस्य समेत रहेका लामिछाने विकास निर्माणका क्षेत्रमा विज्ञ मानिन्छन् । प्रकाशमान सिंह स्थानीय विकास मन्त्रि हुँदा निजी सचिवको रुपमा भूमिका निर्वाह गरेका लामिछाने १२ आँै महाधिवेशनमा महासमिति सदस्य भए पनि १३ औँ महाधिवेशनमा महासमिति सदस्य निर्वाचनमा पराजित भएका थिए । क्षेत्र नं. ४ अन्तर्गत हात्तिगौडा भएको एक कार्यक्रममा सभापति राजु श्रेष्ठले लामिछानेलाई क्षेत्रीय सदस्य मनोनित गरिएको पत्र हस्तान्तरण गरे । सो कार्यक्रममा बोल्दै क्षेत्रीय सभापति श्रेष्ठले उचित व्यक्तिलाई उचित ठाउँमा ल्याउने आफ्नो प्रतिबद्धतामा पूर्व महासमिति सदस्य रहेका श्रीराम लामिछानेले आफ्नो आग्रहलाई स्वीकार गरेर क्षेत्रीय सदस्यमा बस्न मञ्जुरी दिएकामा धन्यवाद एवम् खुशी प्रकट गरेका थिए । त्यसैगरी क्षेत्रीय सदस्यमा मानोनित भएपछि लामिछानेले क्षेत्रमा बसेर पार्टी संगठन र विकासमा आफूले क्षेत्रीय सभापतिलाई विशेष सहयोग गर्ने वचन बद्धता जनाएका थिए । कार्यक्रमलाई महासमिति सदस्य नरोत्तम बैद्य, कर्माछिरिङ शेर्पा, लाक्पा लामा तथा आत्माराम पौडेलले सम्बोधन गरेका थिए । कार्यक्रमा सिता तिवारीलाई पनि क्षेत्रीय सदस्यको रुपमा मनोनित गरिएको थियो ।

_MG_4367

यसैबीच नेका क्षेत्र नं. ४ ले पहिलो विभाग गठनअन्तर्गत युवा तथा खेलकुद विभागलाई एक कार्यक्रम आयोजना गरी प्रमाणपत्र एवम् शुभकामना दिएका छ । चावहिल मित्रपार्कमा आयोजित एक कार्यक्रममा राजु श्रेष्ठ सभापति भएपछि गठन भएको पहिलो विभागका सदस्यहरुलाई शुभकामना दिँदै सभापति श्रेष्ठले सबैलाई समेटेर अगाडि बढ्ने क्रममा छुटेका, हेपिएका तथा पछाडि पारिएका नामहरुलाई आफूले पहिलो प्राथमिकता दिने बताए । युवा तथा खेलकुद विभाग गठन गर्ने क्रममा गठन प्रकृया तथा महत्वको बारेमा प्रकाश पार्दै एन्फाका उपाध्यक्षसमेत रहेका महासमिति सदस्य कामाछिरिङ शेर्पाले राष्ट्रको विकासमा खेलकुदले ठूलो भूमिका खेल्ने बताउँदै नवगठित विभागले क्षेत्र नं. ४ मा वर्षका ५ वटा महत्वपूर्ण खेल गतिबिधि संचालन गर्ने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै युवा तथा खेलकुद विभागका संयोजक तथा क्षेत्रीय सदस्य सागर बैजुले पार्टीको नीति नियममा बसेर विभागको काममा तन, मन, वचनले लागिपर्ने बताउँदै सबै सदस्यहरुलाई हातमा हात साथमा साथ दिन आग्रह गरे । युवा तथा खेलकुद विभाग संयोजकमा सागर बैजुलाई ल्याइएकोमा सभापति राजु श्रेष्ठको सर्वत्र प्रशंसा भएको छ ।

तपाइँको प्रतिक्रिया ।