नेका क्षेत्र नं. ४ मा ६ जना क्षेत्रीय सदस्यले संयुक्त पत्र बुझाए, बिधिवत गुटबन्दि शुरु !!!

नेका  क्षेत्र नं. ४ मा ६ जना क्षेत्रीय सदस्यले संयुक्त  पत्र बुझाए,  बिधिवत गुटबन्दि शुरु !!!

कपन अनलाइन, बैशाख ३०, २०७३

राजु श्रेष्ठ सभापति भएपछि नेका क्षेत्र नं. ४ मा देखिएको गगन थापा र राजु श्रेष्ठबीचको गुटगत समस्या अब बिधिवत बन्न पुगेको छ । हिजो क्षेत्रीय कार्यसमितिको औपचारिक बैठकमा ६ जना क्षेत्रीय सदस्यले लिखित रुपमा सुझाव भनेर दिइएको पत्रले नेकाको इतिहासमै पहिलोपटक बिधिवत गुटबन्दिको शुरु भएको भएको आरोप लागेको छ । नेपाली कांंग्रेस क्षेत्र नं. ४ को कार्यालयमा भएको नयाँ कार्यसमितिको दोस्रो बैठकमा सांसद तथा केन्द्रिय सदस्य गगन थापाको मान्छे भनेर चिनिने पूर्व क्षेत्रीय सचिव श्यामकृष्ण संगतको नेतृत्वमा ६ जनाले लिखित बुँदासहित उपदेशात्मक पत्ट  क्षेत्रीय सभापतिलाई पेस गरेका थिए । लिखित बुँदाहरुमा नोटअफडिसेन्ट लोख्न पाउनु पर्नेजस्ता माग राखिएको थियो । क्षेत्रीय समितिको एजेन्डासहितको पहिलो बैठकमा नोटअफडिसेन्ट लेख्न पाउनु पर्ने माग गरेपछि वर्तमान क्षेत्रीय सभापतिलाई उनीहरु सहयोग गर्न नचाहेको प्रश्ट हुन्छ, एक क्षेत्रीय सदस्यले कपन अनलाइनलाई बताए ।

0U7A9458

लगातार गगन थापा र राजु श्रेष्ठ गुटको बीच तनावमा जुझ्दै गरेको नेका क्षेत्र नं. ४ ले अब बिधिवतरुपमा गुट सुरु भएको घोषणा गरेको बताउँदै ती क्षेत्रीय सदस्यले यसले नेपाली कांग्रेसलाई ठूलो वेफाइदा हुने जनाए । राजु श्रेष्ठ गएको ठाउँमा गगन थापा नजाने अनि गगन थापा गएको ठाउँमा राजु श्रेष्ठ नजाने परम्परा चल्दै आएको अवस्थामा क्षेत्रमा गगन थापाका सदस्य भनेर चिनिएका व्यक्तिहरुले लिखित उपदेश दिने क्रममा केन्द्रिय सदस्य गगन थापालाई मिटिङमा बोलाउनु पर्नेजस्ता मागसहितको पत्र बुझाउनु अनौठोमात्र हैन भूल भएको चर्चा शुरु भएको छ । यो विषयमा कुरा गर्दे क्षेत्रीय सभापति राजु श्रेष्ठ, प्रजातान्त्रिक पार्टी भएकाले उहाँहरुलाई त्यसो गर्ने छुट रहेको बताउँछन् । यद्यपि यसले गलत नजिर बस्नसक्ने भन्दै अब यस्ता भूल नगर्न अनुरोध गरेको बताउँछन् । सभापति श्रेष्ठले आफ्नो क्षेत्रको केन्द्रिय सदस्य तथा सांसदलाई कुन कार्यक्रममा कसरी बोलाउने भन्ने बारे आफूलाई थाहा भएको बताउँछन् । यो विषयलाई अरुले टाउको नदुखाउन आग्रह गर्दै सांसद आउनु पर्ने कार्यक्रममा सांसदलाई बोलाइन्छ, जिल्ला सभापति बोलाउने कार्यक्रममा सांसदलाई बोलाइदैन ।

यसैगरी पत्र बुझाउने टिमका श्यामकृष्ण संगत बिभाग गठनलगायत केही विषयमा सभापतिले हल्का मनामानीपूर्ण कार्य गरेको हुँदा पार्टी बिधान र नियमावलीसहितको जानकारी लिखितरुपमा दिइएको मात्र हो यसमा कुनै गुटबन्दि भएको छैन । एउटा पत्र दिनुलाई गुटबन्दि भन्नु संकिर्ण मानसिकता तथा प्रचारबाजी मानसिकता भएको संगतको तर्क थियो । संगतले मिलेर पार्टी संगठनमा जानका लागि सो पत्र बुझाइएको र पत्रको बारेमा सभापति राजु श्रेष्ठले सकारात्मकरुपमा लिएको बताए । श्यामकृष्ण संगतका अनुसार पत्रमा क्षेत्रीय सचिव विनोद चालिसेको हस्ताक्षर छैन भने संगतसहित रमेश महर्जन, रिता बुढाथोकी, इन्द्र थापा अादिको हस्ताक्षर रहेको छ ।

तपाइँको प्रतिक्रिया ।