क्षेत्र नं. ४ मा पार्टीलाई सही ट्रयाकमा ल्याउन मेरो उम्मेदवारी – राजु श्रेष्ठ

क्षेत्र नं. ४ मा पार्टीलाई सही ट्रयाकमा ल्याउन मेरो उम्मेदवारी  – राजु श्रेष्ठ

१३ औं महाधिवेशनमा काठमाडौं क्षेत्र नं. ४ का सभापति उम्मेदवार राजु श्रेष्ठ साथमा काठमाडौँ -४ का साम्सद गगन कुमार थापा (कपन अनलाइन फाइल फोटो )

कपन अनलाइन/माघ ८, २०७२

नेपाली राजनीतिको सबैभन्दा ठूलो पार्टी नेपाली काँग्रेसभित्र १३ औँ महावधिवेशनको सरगर्मी चलिरहेको छ । देशैभरी कुन नेताको राजनीतिक भविष्य के हुने हो भनेर बिभिन्न अड्कलबाजीहरु चलिरहेका छन् । १३ औँ महाधिवेशनमा पनि काठमाडौं निर्वाचन क्षेत्र नं ४ देशैभरिको केन्द्रमा रहेको छ ।

नेपाली काँग्रेसको प्रभावशाली युवा नेता गगनकुमार थापाले प्रत्यक्ष जित हासिल गरेको क्षेत्रमात्रै नभई उनले नै पराजित गरेका नन्दबहादुर पुन उपराष्ट्रपति र राष्ट्रपति विद्यादेवी भण्डारी पनि यहि क्षेत्रबाट प्रतिनिधित्व गर्ने भएकाले पनि यो क्षेत्र देशैभरिका मानिसहरुको चासोको विषय बन्ने गरेको हो । गगनकुमार थापा प्रत्यक्ष निर्वाचित क्षेत्रमा यस १३ औँ महाधिवेशनमा नेपाली काँग्रेसको क्षेत्रीय सभापतिको को हुन्छ भन्ने चौतर्फी चासोको विषय बनेको छ । क्षेत्रीय सभापतिमा हालसम्म ३ जनाको नाम बजारमा चर्चामा छ । वर्तमान क्षेत्रीय सभापति न्हुच्छेनारायण श्रेष्ठ र सचिव श्याम संगत र २०७० सालको संबिकानसभा चुनावका समानुपातिक उम्मेदवार राजु श्रेष्ठका बीचमा प्रतिस्पर्धा हुने चर्चा परिचर्चा बजारमा चलेकोछ । तर राजनीतिक बृत्तमा भने क्षेत्र नम्बर ४ मा गगन थापाको जसले समर्थन पाउँछ वा जसलाई गगन थापाले उम्मेदवार बनाउँछन उही क्षेत्रीय सभापति बन्ने हल्ला चलिरहन्छ । गगन निकट मानिएका न्हुच्छे र श्याम संगत गगन थापाको विश्वास पाउने कसरत गरिरहेका बेला गगन थापासँगै संविधानसभा निर्वाचन २०७० मा समानुपातिक उम्मेदवार बनेका राजु श्रेष्ठ के कस्तो भनाई छ: कपनअनलाइनका लगि अशोकराज पाण्डेसँगको सानो भेटघाटको सम्पादित अंश:

वि.सं. २०२६ साल भाद्र ५ श्रीकृष्ण जन्माष्टमीका दिन तत्कालिन महाँकाल गाविसमा जन्मेका राजु श्रेष्ठ हाल बूढानिलकण्ठ नगरपालिका वडा नं.२ चपलीका स्थायी बासिन्दा हुन् । सानैबाट बुवाको राजनीतिबाट प्रभावित भएका श्रेष्ठ २०३६ सालको जनमत संग्रहका तयारीका क्रममा लौह पुरुष गणेशमान सिंहसँगको पारिवारिक भेटघाट पश्चात गहिरिएको थियो । जनमत संग्रंहकै प्रचारप्रसारमा राज्यसँग भिडन्तमा परेर बुवा एवम् दाइ घाइते मात्र भएनन् उनी आफै प्रहरीद्वारा पक्राउ परेपछि राजुको नेपाली काँग्रेसको सक्रिय राजनीति शुरु भएको हो । बुवाबाट नै निष्ठा र त्यागको राजनीति संस्कार सिकेको उनी बताउँछन् । श्रेष्ठ तत्कालीन प्रजातन्त्रवादी नेताहरुसँगको पारिवारिक सामिप्यताले राजनीतिलाई गहिरोसँग बुझ्ने मौका पाएको बताउँछन् ।

वि.सं. २०४२ सालको सत्याग्रहमा सहभागी भएको श्रेण्ठ २०४६ सालको प्रजातन्त्र पुर्नस्थापनाको आन्दोलनका क्रममा उत्तरी भेगबाट लामो समय प्रहरी हिरासतमा परेका श्रेष्ठ गशेशमान सिंह तथा कृष्णप्रसाद भट्टराईको सामिप्यतामा रहने अवसर पाएका थिए । २०५० सालबाट २०५५ सालसम्म तत्कालिन महाँकाल गाविसको गाउँ इकाइ सभापतिको जिम्मेवारी सम्हालेका थिए । २०६२÷०६३ को दोस्रो जनआन्दोलमा बूढानिलकण्ठ क्षेत्रबाट नेतृत्वदायी भूमिका खेलेका श्रेष्ठले माओवादीबाट चरम यातना समेत पाएका थिए । माओवादीको अराजकतावाद विरुद्ध खुलेरै लडेका श्रेष्ठ खेलकूदमा पनि सक्रिय छन् । हाल नेपाल साँस्कृतिक संघको कार्यवहाक सभापति छन् । बूढानीलकण्ठ क्षेत्र विकास समितिको सदस्य सचिव रहिसकेका श्रेष्ठ गणेशमान सिंह केन्द्रका सल्लाहकार हुन् भने सन्त नेता कृष्णप्रसाद भट्टराई प्रतिष्ठानमा पनि उनी सक्रिय रहेका छन् ।

महाधिवेशनको तयारीकै बीचमा भएको भेटमा कपन अनलाइनको प्रश्न १३ औ महाधिवेशनमा यहाँको उम्मेदवारी के मा रहन्छ भन्ने प्रश्नमा श्रेष्ठले आसन्न १३ औं महाधिवेशनमा काठमाडौं क्षेत्र नं ४ को क्षेत्रीय सभापतिमा आफ्नो उम्मेदवारी रहने बताए । उनले १२ औँ महाधिवेशनमा जस्तो १३ औँ महाधिवेशनमा सभापतिको मात्रै उम्मेदवारी नभएर प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रने बताए । प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रने बताए । उनले क्षेत्रीय सचिवमा कपनका पुराना काँग्रेसी नेता अच्यूत पौडेल हुने बताए । अन्य पदाधिकारी र सदस्यका बारेमा भने छलफल चलिरहेको उनी बताउँछन् । अन्य पदाधिकारीमा पार्टीका पुराना, निष्ठावान र त्याग गरेका र पार्टीमा क्षमता राख्ने युवा तथा प्रौढहरुसँगको परामर्श पछि नाम आउने बताए ।

तपाईको प्रतिस्पर्धी को हुन सक्छ भन्ने प्रश्नमा उनले कूटनीतिक शैलीमा भने मेरो उम्मेदवार नेपाली काँग्रेसकै हुने हुँदा मलाई जो भएतापनि असर नपर्ने जवाफ दिए । उनको जितको आधार के हो भन्ने अर्को प्रश्नमा पुराना पार्टीमा योगदान पु¥याएको तयागको राजनीति गर्ने निष्ठावान नेता, कार्यकर्ताको म प्रतिको विश्वास हो भने । त्यस्तै यूवा पुस्ताको म प्रतिको भावना पनि जितको आधार हो । उनले थप्दै भने पुरानो(हालको) कार्यसमितिको कार्यशैली र गैर जिम्मेवारीपन पनि मेरो उम्मेदवारी हो ।

तपाईलाई बरिष्ठ नेता शेरबहादुर देउवा प्यानलको नेताका रुपमा चित्रण गरिन्छ नि भन्दा उनले हाँस्दै जवाफ दिए–यो गुट भनेको मलाई थाहा भएन । मलाई त क्षेत्र नम्बर ४ मा कसैको पनि गुट छ भन्ने लाग्दैन । रह्यो शेरबहादुर दाइको गुट भन्ने कुरा म उहाँको नजिक भएर यस्तो भनेको होला । म सिङ्गो नेपाली काँग्रेसको कार्यकर्ता हो र म सिङ्गो नेपाली काँग्रेस गुटको व्यक्ति हो ।

एक फरक प्रसङ्गमा क्षेत्र नम्बर ४ मा क्रियाशिल विवाद चरम अवस्थामा पुगेको छ नि ? उनले भने नेपाली काँग्रेंस जस्तो पुरानो र लोकतान्त्रिक पार्टीमा क्रियाशिलको नाम परिर्वतन गर्ने, भएको नाम काट्ने, आफ्नो परिवारको सदस्यलाई मात्र हिसाब किताव गरेर क्रियाशिलता वितरण गर्ने कुरा सुहाँउदैन । रह्यो क्षेत्र नम्बर ४ को कुरा यहाँ कतिपय साथीहरुको नाम नियतवश काटिएको छ । केहि प्राविधिक समस्या आफ्नो ठाउँमा होला तर आफूलाई समर्थन नगर्ने खालका साथीहरुको क्रियाशिलता हटाउनमा अहिलेको क्षेत्रीय नेतृत्वको पुरा हात छ । मैले मेरो ठाउँबाट क्षेत्रमा, जिल्लामा यो समस्याका लागि पहल गरिरहेको छु । पार्टीमा सक्रिय साथीहरु जो सुकैलाई समर्थन गर्ने भएतापनि क्रियाशिल कट्नु उनीहरुप्रति बेइमानी हो भने यो नेपाली कांग्रेसको राजनीतिक संस्कार हुँदै हैन ।

राजु श्रेष्ठको उम्मेदवारी किन?

Raju Shrestha (Hati raju)
उनले नेपाली काँग्रेस भनेर लाग्ने सम्पूर्ण व्यक्तिहरुको आत्मसम्मान हुने गरी पार्टी चलाउनका लागि पनि आफ्नो उम्मेदवारी हुने बताए । उनले आफ्नो नाममा सर्वसम्मति हुनसक्ने कुरामा पनि जोड दिदै भने समग्र देश र पार्टीले विश्वास गरेको महामन्त्रीका दावेदार युवा नेत गगन कुमार थापाको क्षेत्र भएकाले पनि गगनजीले पार्टी क्षेत्रीय सभापतिमा सबैलाई मिलाएर लानसक्ने पात्रका रुपमा मलाई समर्थन गर्ने सम्भावना पनि बलियो छ ।

उनले आफ्नो उम्मेदवारीमा बारेमा थप प्रष्ट्याउँदै भने अहिले भइरहेको पार्टी भित्रको गैर राजनीतिक गतिविध निस्तेज पार्न, क्षेत्रीय पार्टीलाई सहि ट्रयाकमा ल्याउन पार्टीलाई जिवन्त राख्न, राजनीतिक छलफल बहस संचालन गर्न, जनतासँग प्रत्यक्ष सरोकार भएका विषउमा नेपाली काँग्रेशको भूमिका मजबुत बनाउन पनि आफ्नो उम्मेदवारी रहेको बताए । उनले भने निकट भविष्यमा नै हुने स्थानीय निर्वाचनमा पार्टीलाई विजयी गराउन र युवाहरुलाई विभिन्न भातृसंगठनमा नेतृत्व स्थापना गर्न पनि मेरो उम्मेदवारी रहन्छ ।

त्यतिमात्रै नभई पार्टीमा निष्ठावान, पुराना कार्यकर्ताको आत्मसम्मानमा ठेस पुगेको महसुस हुन नदिने गरी उहाँहरुकै सक्रियतामा नेपाली काँग्रेसको संगठन विस्तारमा प्रभावकारी भूमिका गराउन पनि मेरो विजय महत्वपूर्ण रहनेछ । अनर्गल गुटको अन्त्य गर्न, योगदानका आधारमा पार्टीमा नेतृत्व स्थापना गर्ने परिपाटीको पहल हुन्छ ।

१३ औं महाधिवेशनमा काठमाडौं क्षेत्र नं. ४ का सभापति उम्मेदवार राजु श्रेष्ठ साथमा काठमाडौँ -४ का सांसद गगन कुमार थापा (कपन अनलाइन फाइल फोटो )

तपाइँको प्रतिक्रिया ।