कागेश्वरी मनाेहरा नगरपालिकामा मंसिर २१ गते देखि बिध्यालयहरु खोलिने

कपन अनलाइन

काठमाडौँ, मंगसिर ८। कागेश्वरी मनोहरा नगरपालिकाको शिक्षा समितिको बैठक आइतबर सम्पन्न भएको छ। उक्त बैठकले नेपाल सरकार, शिक्षा मन्त्रालयले स्थानीय तहले आफ्नो  क्षेत्रमा कोभिड १९को  प्रभाबका आधारमा बिध्यालय संचालन गर्न बैकल्पिक माध्यम बाट अथवा प्रत्यक्ष भौतिक उपस्थितिमा बिध्यालय संचालन गर्न स्थानिय तहले आफै निर्णय लिन सक्ने अधिकार प्रत्यायोजन गरेको हुँदा कोभिड १९ को प्रभाब यथावत रहेमा २०७७ साल मंगसिर २१ गते देखि स्वास्थ्यका मापदण्ड पूरा गरि बिध्यालयमा (प्रत्यक्ष सिकाई) का माध्यमबाट संचालन गर्न कागेश्वरी मनोहरा  नगरपालपका भित्र संचालित सामुदायिक र संस्थागत बिध्यालयहरु  संचालन गर्न कार्यपालिका बैठकमा पेश गर्ने निर्णय भएको नगरपालिका प्रमुख कृष्णहरि थापाले जानकारी गराए  ।

 

तपाइँको प्रतिक्रिया ।