धन्न गरेका हुन “बा” ले… (लघुकथा)
कपन अनलाइन
काठमाडौं,मंगसिर ५ / अमर तिवारी
एकछिन है !लास्टमा डिस्टर्ब नगर्न आग्रह गरेको मेरो छोरो “फ्रि फायरमा” व्यस्त रहेको थियो, पढेकै त होलान् भनेको त उ बन्दुक हान्दै रहेछ । उसका साथी पनि रहेछन कुराे गर्न पनि मिल्ने मुख किताब (face book) मा कुराे गरेको जस्तै । समय कहाँ बाट कहाँ पुगेछ । पाँच रुपैयाँको उत्तर पुस्तिका जिन्स पाइन्टको पछाडि खल्तीमा हालेर क्याम्पस गएको अस्ति जस्तो लाग्थ्यो । समय अलि दौडिएछ, परिवारिक परिवेश र पालन पोषण जिम्वेवारी ले यी कुरो बुझ्नै नसकिने भैएछ ।
अझै भन्दा हामीले उच्च मा. वि. मा पढेका र जानेका कुराे आहिले निम्न मा. वि. नै पढाइने रहेछ, गहिरो कुराे त के भने नेपाली कक्षा बहाएक नेपाली शब्दनै प्रयोग गरेको पाइएन । हाम्रा पालामा त इंग्लिश लाई पनि “अङ्गरेजी” भनिन्थ्यो भने शब्द उच्चारण बहायक अरु सबै नेपाली मा हुन्थ्यो। पढाइ र सबै काम चाँजो पाज़ों सबै मौलिक हुन्थ्यो । हाम्रा बा आमाले बनाएको खाना, किनिदिएको लुगा र अरारहाएको काम जसो तसो स्वीकार्नु पर्ने नै हुन्थ्यो । परिवर्तित समयले नबुझिने गरी छलाङ मारेछ, छोरो बेला बेला यसो भन्छ “बाबा यसो कहिले काही त “आउटीङ” (बाहिर खाना जाने) हुन्छ नी, ह्या.. लक डाउन न सक डाउन (बन्दाबन्दी)”, कडा आग्रह सहितको छोरोको बिन्ती ले मासिक खर्च टार्ने तनावमा हुँदा, छोरो त मासिक खर्च एकै दिन गर्ने कुराे गर्छं । हे भगवान ।
दूर शिक्षा प्रणाली अन्तर्गत विद्यालयले पढाउने कुराे आएपछि हामीहरूको मोबाइल नै बच्चाहरूको पेवा भएको छ। पढ्नु छ भनेपछि मोबाइल दिनै पर्यो। पेशा नै टिकाएको त्यो कम्प्युटरले त्यति काम नगरेको भन्ने छोरोको आग्रहमा नयाँ कम्प्युटर या प्याड किन्नु पर्ने दबाब पर्यो । गत चैत्र देखि बन्दबन्दीको कारणले विद्यालयले दूर शिक्षा प्रणाली अवलम्बन गरेपछि, र दबाबमा परेपछि पनि प्याड त किनिदिनै पर्यो । जिम्बेवार बाबु भएको नाताले जे जस्तो भनपनी केटाकेटीहरुको पढाइ र उनीहरूको भविष्य सम्झौता गर्ने कुरै भएन । त्यति बेला खल्ती भारी गुच्चा र सलाइका बट्टा हरु भए साथीहरुको माझ आफू समृद्ध कहालिन्थ्यो, उनीहरू पछि लाग्दा आफ्नु शान नै बेग्लै । के भन्ने आहिले उफ्.. कहाली लाग्ने भयो ।
कोरोना ले व्यवसाय ठप्प बनाएको छ, भएको पैसो पनि सकियो के गर्ने अन्योल अवस्थामा रुमलिएको बेला केटाकेटीहरुको स्कूल बाट मेसेज आयो, तिहार अगावै भर्चुल परीक्षा लिने भएकोले, समयमा नै शुल्क भुक्तानी गरी परीक्षा कोड लिनु होला, कुराे सोच्दै पुर्पुरोमा हात के पुग्दै थियो, त्यही समयमा छोरोले भन्यो, “मेम ले भन्नुभएको Exam Code (परीक्षा कोड) लिनु पर्छ रे स्कूल जानु रे बाबा”। के गर्ने, हैट के दसा.. कस्तो बेला यो कोरोना भन्ने आएछ, म भतभताउन थालें।यता पनि सुरु भयो चामल/दाल सकियो, तरकारी पनि के खाने हो १०० रुपैयाँ किलो को रायोको साग भन्छ, के गर्ने के पकाउने । आस्तिनै सकिएको भनेको, सुन्नु भएन। फेरि पर्सिको तिहार छ माइत जानु पर्यो त्यही एउटा भाइ छ यसपाली बल्ल भेट हुँदै छ अलि गतिलै तवरले भाइ टिका मनाउनु छ, है । अलि समयमानै विचार गरिदिनुस् है .. ।
यसो पल्लो पसल बाट ल्याउने उपाय निकालेर कमर कसे, तर अनायास पाहिला अड्कियो, ए त्यहाँ त पहिल्यै रासन पानि ल्याउँदै खाँदै गरेको हो । करिब नौं महिना सम्म त खाएकै हो, म झल्याँस्स भए। अब पुरानो पैसो दिए मात्र फेरी उधारो पाउने कुराे हो । आगाडी बढेको पाहिला रोकियो, आकाश निलो नै थियो, कार्तिक को घाम पारिलो नै थियो, दिमाख स्तब्ध भयो, आउने तिहार… छोरो को स्कूल को परीक्षा कोड, बुडिको माइत जाने कुरो, घरमा चामल/दाल, पसलको पुरानो बाँकी, आफ्नै पनि दैनिकी हैट.. .. धन्न गरेका रहेछन हाम्रा बा ले ..
तपाइँको प्रतिक्रिया ।