के होला बुढानिलकण्ठमा यस वर्षको एकादशी मेला ?

के होला बुढानिलकण्ठमा यस वर्षको एकादशी मेला ?
कपन अनलाइन
काठमाडौं ,मंसिर ५।
के होला बुढानिलकण्ठमा यस वर्षको एकादशी मेला ? अहिले बुढानिलकण्ठ नगरपालिका सहित सबै तिर यहि प्रश्न सुनिन थालेको छ।बुढानिलकण्ठ नगरपालिकाको नामकरण भएको काठमाडौं उपत्यकाको महत्वपूर्ण प्राचिन बुढानिलकण्ठ मन्दिरमा हरेक वर्ष एकादशीको दिनमा लाग्दै आएको मेला यस वर्ष के हुने भन्ने अन्यौल भएको छ।
मंसिर १० गते लाग्ने मेलाका वारेमा नगरपालिका बाट अहिले सम्म कुनै पनि आधिकारिक सुचना आएको छैन। मंसिर ५ र ६ गते विदा रहेको नगरपालिकाले मंसिर ७ गते मात्र आफ्नो धारणा सार्वजनिक गर्न सक्ने देखिन्छ।
कोरोना प्रकोपका कारण मठ मन्दिरमा लाग्ने मेलाहरु आयोजना गर्न नपाइने नेपाल सरकारको निर्देशन भए पनि धेरै मन्दिरहरुमा भक्तजनहरुको भिड लाग्दै आएको छ।विगतका वर्षमा एकादशीका दिन ठुलो मेला व्यवस्थापन गर्दै आएको वडा कार्यालयले पनि हाल सम्म कोरोनाको बेवास्ता गर्दै आउने भक्तजनहरुको व्यवस्थापनका लागि योजना सार्वजनिक गरेको छैन।
बुढानिलकण्ठ नगरपालिकाले निकै महत्व राखेर सार्वजनिक विदा दिदै ठुलो पर्वका रुपमा मनाउदै आएको एकादशी मेलामा यस वर्ष पनि ठुलो शंख्यामा भक्तजन आउने अवस्थालाई मध्येनजर गर्दै तयारी थाल्नु पर्ने देखिन्छ।
नगरपालिका संग लगातार दुई दिनको विदा पश्चात जम्मा ७२ घण्टा मात्र तयारीको समय बाकी रहने हुदा मन्दिर क्षेत्रमा भक्तजनको लाइन व्यवस्थापन ,प्रवेस ,दर्शन र स्वास्थ्य सुरक्षा लगायतको आवस्यक प्रबन्ध गर्नुपर्ने देखिन्छ।
तपाइँको प्रतिक्रिया ।