काठमाडौं महानगरपालिका वडा नं ५ को ध्ये :छे (देउता घर ) पुनर्निर्माण हुने
कपन अनलाइन
काठमाडौं ,मंसिर ४।
काठमाडौं महानगरपालिका वडा नं ५ को ध्ये :छे (देउता घर ) पुनर्निर्माण हुने भएको छ। काठमाडौं उपत्यकाको ऐतिहासिक हाडीगाउँ क्षेत्रमा रहेको सो भवन भूकम्पमा परेर क्षेती भए संगै परम्परागत शैलीमा पुनर्निर्माण गर्न लागिएको हो।
मैतीदेवी मन्दिर संग सम्बन्ध रहेको सो देउता घरलाई प्राचिन संस्कृति झल्कने स्वरुपमा २ करोड ६ लाख २ हजार २६० रुपैया १६ पैसाको लागतमा काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गर्न लागेको हो।
काठमाडौं क्षेत्र नं ५ (१ ) बाट निर्वाचित बागमती प्रदेस सभा सदस्य नारायण सिलवाल ,संविधान सभा सदस्य रत्न गुरुङ ,वडा नं ५ का अध्यक्ष रमेस महर्जन सहित सो क्षेत्रमा पुगेका प्रमुख शाक्यले मैतीदेवी मन्दिरको खट तथा देउता राख्ने सो घरको पुनर्निर्माणका लागि महानगरपालिकाले सहयोग गर्ने बताउदै त्यसका लागि स्थानीयहरुको सक्रिय सहभागिता हुनुपर्ने धारणा राखेका थिए।
कुनै पनि निर्माणमा ठेकेदारलाई मात्र जिम्मेवारी दिंदा त्यो पेशा मात्र हुने तर त्यसमा उपभोक्ता र सरोकारवालाको प्रत्यक्ष भूमिका हुँदा अपनत्व रहने भन्दै प्रमुख शाक्यले सो क्षेत्रको प्रवर्धन र ऐतिहासिक पक्षको संरक्षणका लागि महानगर सधै तयार र तत्पर रहेकोले यसका लागि ठोस योजना बनाउन आग्रह गरेका थिए।
त्यस्तै काठमाडौं उपत्यकाको सभ्यता र प्राचीनता संग हाडीगाउँ क्षेत्रको गहिरो सम्बन्ध रहेको बताउदै बागमती प्रदेस सभा सदस्य नारायण सिलवालले सो क्षेत्रको ऐतिहासिकता उत्खनन र अनुसन्धान आफ्नो प्राथमिकतामा रहेको धारणा राखेका छन।
सो क्षेत्रको संस्कृति,जात्रा,पर्व तथा ऐतिहासिक भवनहरु इतिहास संग जोडिएकोले तिनको संरक्षण आफ्नो दायित्व रहेको भन्दै सिलवालले आफ्नो चुनावी घोषणा पत्रमै यसलाई विशेष महत्व दिइएको बताएका छन।