चन्द्रागिरी नगरपालिका १ को योजना सम्झौता गर्ने समबन्धि सार्वजनिक सुचना
कपन अनलाइन
काठमाडौं ,मंगसिर ४। चन्द्रागिरी नगरपालिका वडा नं १ले नगरपालिका बाट आर्थिक बर्ष २०७७/७८ मा स्वीकृत दोस्रो चरणको योजना तथा कार्यक्रमहरु संचालन गर्नको लागि सम्झौता गर्न सार्वजानिक सुचना जारी गरेको छ। वडा अध्यक्ष राजेन्द्र केसी द्वारा जारी गरिएको उक्त सुचनामा भनिएको छ ,
चन्द्रागिरी नगरपालिका वडा नं १ दहचोकका लागि आर्थिक बर्ष २०७७/७८ मा स्वीकृत दोस्रो चरणको निम्न योजनातथा कार्यक्रमहरुको लागि उपभोक्ता समिति गठन गरि संचालान गर्न आवश्यक भएको हुँदा उपभोक्ता समिति गठन गरि आवश्यक कागज पत्र सहित योजना सम्झौताको लागि वडा कार्यलयमा सम्पर्क गर्न पनि सबै सरोकार वालाहरुलाई सार्वजनिक सुचना मार्फत जानकारी गराएको उल्लेख गरिएको छ । साथै यस अघि गठन भइ योजना संचालन गरेका उपभोक्ता समितिहरुले समेत योजना संचालन गर्न इच्छुक भएमा वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
योजनाको नाम योजनाको रकम
१ ) भ्यु टावर पूर्वाधार , रु १३ लाख ५० हजार
सार्वजनिक सौचालय निर्माण रु १० लाख
इन्द्र दह काजि कालु पांडे पर्यटकीय क्षेत्र पूर्वाधार रु २५ लाख
२) खहरे बिन्दबासिनी सडक पूर्वाधार रु १० लाख
३ ) कालापानी रानी देबी मार्ग रु ८ लाख
४ ) बुभान सडक रु ५ लाख
५ ) इन्द्रज्योति जनचेतना सडक पूर्वाधार रु १० लाख
६ ) सानो खोला झिंगटिघर सडक पूर्वाधार रु ५ लाख
७ ) वडा कार्यालय भवन निर्माण तथा टेवा पर्खाल निर्माण रु २५ लाख
८ )श्री कृष्ण प्रणामी सामुदायिक भवन निर्माण रु ३० लाख
९ ) सार्वजनिक जग्गा संरक्षण वडा नं १ रु १० लाख