हाडीगाउँको प्रवर्धन र विकासका लागि विशेष बजेट व्यवस्था गरेका छौ : विद्या सुन्दर शाक्य

कपन अनलाइन

काठमाडौं ,मंसिर ४।

काठमाडौं महानगरपालिकाका प्रमुख बिध्या सुन्दर शाक्यले काठमाडौंको ऐतिहासिक सांस्कृतिक क्षेत्र हाडीगाउँको प्रवर्धन र विकासका लागि विशेष बजेट व्यवस्था गरेको बताएका छन।

काठमाडौं महानगरपालिका वडा नं ५ मालीगाउँमा रहेको ध्ये:छे : को पुननिर्माणका लागि स्थलगत निरीक्षणमा पुगेका प्रमुख शाक्यले सो क्षेत्रको ऐतिहासिक पक्षको अध्ययन तथा अनुसन्धानका लागि महानगरपालिकाले १ करोड रुपैया व्यवस्था गरेको जानकारी दिदै चाडै सो क्षेत्रका पुरातात्विक सम्पदाहरुको अध्ययन अनुसन्धान गरिने बताएका छन ।

काठमाडौं उपत्यकामा शाखु पछी दोश्रो पुरानो बस्तीका रुपमा रहेको हाडीगाउँ क्षेत्रमा पुराना मठ ,मन्दिर ,जात्रा तथा पर्वहरु रहेको भन्दै तिनको संरक्षण तथा प्रवर्धन गर्नु आफ्नो दायित्व रहेको धारणा राखेका थिए ।

काठमाडौं क्षेत्र नं ५ (१ ) बाट निर्वाचित बागमती प्रदेस सभा सदस्य नारायण सिलवाल ,संविधान सभा सदस्य रत्न गुरुङ ,वडा नं ५ का अध्यक्ष रमेस महर्जन सहित सो क्षेत्रमा पुगेका प्रमुख शाक्यले मैतीदेवी मन्दिरको खट तथा देउता राख्ने घरको मंसिर महिना भित्र परम्परागत स्वरुपमा निर्माणको शिलान्यास गर्ने जानकारी दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।