अर्को यौटा बिहानी आउँछ : त्रिलोचन आचार्य (कविता )

अर्को यौटा बिहानी आउँछ : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाडौं ,कार्तिक २९।

बिर्सन्न कैल्यै पनिआउँने कुरा
बोकेर नौलोपन ल्याउँने कुरा
धर्ती अझै रम्य बनाउँने कुरा
हुन्नन् बिहानी त नआउँने कुरा ।१।

ताराहरू तीनभकाविदा गरी
पाखा भरी शीतनयाँ छरीवरी
गर्नैछ सर्बत्र जगाउँने कुरा
छोडौँ बिहानी त नआउँने कुरा ।२।

त्यो मोहडा पूर्व गरेर आउँछ
लालीनयाँ चट्ट भरेर आउँछ
पन्छीहरूको चिरबिर्र ल्याउँछ
यौटा बिहानीबुझभव्य आउँछ ।३।

यात्री बढुन् लक्ष्यतिरै भनीभनी
मेलो किसानीजनको गनीगनी
सन्देश नौलो उसले फिजाउँछ
चाँडै उठौँ हेर्न बिहान आउँछ ।४।

ल्याई उज्यालो अँजुली भरी भरी
उन्मुक्तहाँसो धरती भरी छरी
यो सृष्टिको दिव्यकला सजाउँछ
हाम्रो बिहानीपनित्यो छ आउँछ ।५।

कल्लोल कालो मनको हटाउँछ
आतंक छर्नेकन त्यो ठटाउँछ
अन्याय गर्ने छ भने खसाल्दछ
आई बिहानी स्थिति क्यै बसाल्दछ ।६।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।