स्वदेशमै माटो बाट निर्मित कलात्मक सजावट सामग्री बिक्रि गर्दै पोटरी स्टुडियो गोकर्णेश्वर ४
कपन अनलाइन
काठमाडौँ, कार्तिक २६। माटोको सामान कच्चा हुन्छ, छिटो फुट्छ जस्तो लाग्ने मात्र हो, जोगाएर सजाए यसले कोठाको सौन्दर्य बढाउने हुँदा त्यस्ता सामग्री घरको मात्र होइन, ठूला कम्प्लेक्स र विभिन्न रेस्टुरेन्टहरूको अभिन्न पक्ष बन्दै गएका छन । भान्सामा प्रयोग हुने भाँडाकुँडादेखि घर–आँगन र बगैंचा आकर्षक देखाउने थुप्रै सामग्री उपलब्ध हुन थालेका छन ।गोकर्णेश्वर ४ भैरबचौर निवासी व्यापारी जि के श्रेष्ठका अनुसार यस्ता सामग्री पहिला नेपालमा नै उत्पादन हुन्थ्यो पछिल्लो समय चीन र भारत बाट आयात बाढदै गएको देखिन्छ । उनी भन्छन्, “माटोबाट बनेका सजावट सामग्रीहरू आकर्षक र कलात्मक हुने हुँदा अहिले धेरैको रोजाईमा पर्दै गएको छ ।
श्रेष्ठले हालै मात्र गोकर्णेश्वर ४ भैरब चौरमा पोटरी स्टुडियो संचालनमा ल्याएका छन् जहाँ बाट उचित समय सापेक्ष मूल्यमा माटो–निर्मित थरीथरीका सजावट सामग्रीहरू बिक्रीका लागि राखेका छन् । त्यहाँ नेपालमै निर्माण गरिएका विन्ड चाइम्, गमला, कप, लाफिङ बुद्ध, स–साना गाग्री, गमला, कछुवा नेवारी परम्परागत माटाका सामग्री लगायत विभिन्न डिजाइनका कलात्मक सामग्रीहरू बिक्रीका लागि राखेका छन् ।
उनि भन्छनअचेल माटो–निर्मित साना गमला प्रयोग गरी ‘इनर गार्डेन’ बनाएर सजाउने चलन बढ्दो छ । यस्ता सामग्री घर सजाउन मात्र नभएर उपहारका रुपमा दिनेहरू पनि बढेका छन् । तर माटोका सामान कमजोर हुन्छ भन्ने मानसिकता अझै पूर्णतया परिवर्तन भइसकेको छैन ।“माटोबाट बनेका सामग्री कच्चा हुन्छन् भन्ने सोचाइ गलत हो” श्रेष्ठ भन्छन “माटोको सामान कच्चा हुन्छ, छिटो फुट्छ जस्तो लाग्ने मात्र हो, जोगाएर सजाए यसले कोठाको सौन्दर्य बढाउँछ”, । स्वदेशमा उत्पादन गरिएका कलात्मक सजावट सामग्री प्रयोग गर्ने नेपालीको संख्या बढिरहेको छ ।” उनका अनुसार रेस्टुरेन्टमा माटो–निर्मित सजावट सामग्री प्रयोग गरेर मौलिकता दर्शाउने ‘ट्रेन्ड’ चलेको छ ।
उनी फूलदानी, गमला, पानीको फोहोरा झार्ने वाटर फाउन्टेन, गार्डेन लाइट कभर लगायतका कलात्मक सामग्री बनाउँछन् । उनका अनुसार ह्याङ्गिङ लाइट–झुमर, विन्डो बेल, विभिन्न देवी–देवताका मूर्तिहरू, वाल ह्याङ्गिङ वज्र आदि साजसज्जाका लागि प्रयोग भइरहेका केही महँगा सामग्री हुन् ।
माटोबाटै बनेको विन्ड–बेल बाट निस्कने सुमधुर आवाज धेरैले मन पराउने हुँदा यस्ता सामग्री सजावटका लागि चम्किलो र आकर्षक उपयुक्त हुँदा धेरैले माग गरेको पनि बताए ।उनले खेर जाने सामग्रीलाई समेत आकर्षक बनाइ सजावटमा प्रयोग गर्न सकिने हुँदा त्यस्ता सामग्रीलाइ समेत बिक्रि गरिरहेको बताए ।आधुनिक भन्दा परम्परागत सामग्री राखेर घर सजाउँदा अरुको भन्दा राम्रो र फरक देखिन्छ ।” अझ माटोबाट बनेका कलात्मक सामग्री आकर्षक तवरले तयार गरिने भएकाले पनि यस्ता सामग्रीको महत्व बढेको उनको अनुभव रहेको सुनाए ।
उनले बनाएका माटाका पाला, दियो, खुत्रुके लगायत बिक्रीको लागि छरपस्ट रुपमा बजारमा राखेको जसमा बाक्लै धुलो जमेको देख्दा त्यहि सामग्रीलाई बिक्रीको लागि पनि आकर्षक रुपले सजउदा ग्राहक तानिने गरेको अनुभबलाइ अनुशरण गर्दै पोटरी स्टुडियो खोलेको बताए।
प्लाष्टिकका सामग्रीहरूको बढ्दो प्रयोगका कारण अहिले परम्परागत रुपमा माटाका सामग्री बनाउन धेरैले छाडीसकेको बताउदै प्लाष्टिक र आल्मुनियमका भाँडाको बढ्दो प्रयोग र भाँडा बनाउने माटो अभावका कारण सो समेत पेशा सङ्कटमा परेको उनले बताए । उनले उक्त पोटरी स्टुडियोमा आउने ग्राहकलाइ समान बिक्रि मात्र नभई घर सजावटका लागि परामर्श समेत दिने गरेको बताए ग्राहक को माग अनुसार उनले तिहारको शुभकामना सहित उक्त पोटरी स्टुडियोमा आउने ग्राहकलाइ ३० प्रतिशत सम्म छुट दिने योजना ल्याएको बताउदै ग्राहक को रोजाई र माग अनुसार सामग्रीहरु उपलब्ध गराउदै आएको बताए कुनै पनि माटो बाट निर्मित सामग्री आवश्यक भएमा उनलाई ९८४१९०४१५४ मा सम्पर्क गर्न सकिने बताए ।