प्रधानमन्त्री रोजगार कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका कार्यक्रमहरु

प्रधानमन्त्री रोजगार कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका कार्यक्रमहरु

कपन अनलाइन

काठमाडौं ,कार्तिक २६।

गोकर्णेश्वर नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि विभिन्न योजना तथा कार्यक्रमहरु प्रस्ताव गरेको छ। आर्थिक वर्ष २०७७/७८ का लागि नगरपालिकाका ९ वटै वडाहरुमा विभिन्न कार्यक्रमहरु प्रस्तावित गरिएका हुन्।

सो कार्यक्रम अन्तर्गत गोकर्णेश्वर नगरपालिका वडा नं १ मा ६ योजना ,वडा नं २ मा ६ योजना, वडा नं ३ मा ५ योजना ,वडा नं ४ मा  ५ योजना ,वडा नं ५ मा ६ योजना ,वडा नं ६ मा ४ योजना ,वडा नं ७ मा २ योजना ,वडा नं ८ मा ३ योजना र वडा नं ९ मा ४ योजना रहेका छन।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गोकर्णेश्वर नगरपालिकामा शिक्षा ,सरसफाई ,ड्रेन निर्माण,जलाधार क्षेत्रको मर्मत तथा संरक्षण सहित विभिन्न भौतिक निर्माणका योजना रहेका छन।

 

तपाइँको प्रतिक्रिया ।