बुढानिलकण्ठका चार विद्यालयलाई प्रदेस सरकारको सहयोग

बुढानिलकण्ठका चार विद्यालयलाई प्रदेस सरकारको सहयोग

कपन अनलाइन

काठमाडौं ,कार्तिक २६।

बुढानिलकण्ठ नगरपालिकाका चार विद्यालयको पूर्वाधार विकास र सुधारका लागि बागमती प्रदेस सरकारले बजेट बिनियोजन गरेको छ।बुढानिलकण्ठ नगरपालिका वडा नं ४ को श्रीराम आधारभूत विद्यालय ,वडा नं ११ का यज्ञमति मावी र नवजागृति मावी तथा वडा नं १३ को नौलिन मावीको पूर्ववाधार विकासका लागि आर्थिक वर्ष २०७७/७८ मा बजेट व्यवस्था गरेको हो।

बागमती प्रदेस सरकारले श्रीराम आधारभूत विद्यालयमा ४० लाख ,यज्ञमति मावीमा ५० लाख ,जनजागृति मावीमा ३० लाख र नौलिन मावीमा २० लाख बजेट बिनियोजन गरेको हो।

नगरपालिकाको सार्वजनिक शिक्षाको सुधारका लागि विद्यालयहरुलाई महत्व दिएको प्रदेस सरकारले बृहत खानेपानी योजना ,चुनिखेल खानेपानी योजना र फुस्रेखोला खानेपानी योजनाका लागि पनि बजेट बिनियोजन गरेको छ।

 

तपाइँको प्रतिक्रिया ।