बिहारमा कन्हैया कमाल

बिहारमा कन्हैया कमाल

कपन अनलाइन

काठमाडौं ,कार्तिक २६।

भारतको बिहार राज्यमा भएको विधान सभा निर्वाचनमा युवा नेता कन्हैया कुमारको कमाल देखिएको छ। भारतमा रक्षात्मक बनेको कम्युनिस्ट आन्दोलनलाई उठाउने अभियानमा रहेका कन्हैया कुमारको अभियानको सकारात्मक अशर बिहार बिधान सभा निर्वाचनमा प्रस्ट देखिएको छ।

भारतीय जनता पार्टीको सरकारले लिएको नीतिको प्रमुख आलोचक रहेका कुमार जवाहरलाल नेहरु विश्वविद्यालय विद्यार्थी युनियनका पुर्व प्रमुख समेत हुन।भारतीय कम्युनिस्ट पार्टीका केन्द्रिय कोर कमिटि सदस्य समेत रहेका कुमार विधान सभा निर्वाचनमा स्टार प्रचारकका रुपमा बिहारमा सक्रिय रहेका थिए।

बिहार बिधान सभा निर्वाचनमा महागठबन्धनका तर्फ बाट २९ सिटमा उम्मेदवारी दिएका कम्युनिष्ट पार्टीहरुले १६ सिटमा विजय प्राप्त गरेका छन।सो निर्वाचनमा सिपिआइ -एम एल (लिबरेसन ) -१९,सिपिआइ -६ र सिपिआइ -एम -४ सिटमा चुनाव लडेका थिए।

मोदी नेतृत्वको सरकारले लिएको आर्थिक नीतिले ठुला उद्योगपतिहरुलाई फाइदा पुगेको धारणा राख्ने कुमारले भारतीय कम्युनिस्ट [पार्टीका देखिएको सम्झौतामुखी र सिथिल कार्यशैलीको विरोध गर्दै आएका छन।

भारतीय कम्युनिस्ट आन्दोलनको आशालाग्दो अनुहारका रुपमा उदायका कुमारले जवाहरलाल नेहरु विश्वविद्यालय बाट  विद्यावारिधि गरेका छन ।

 

तपाइँको प्रतिक्रिया ।