बुढानिलकण्ठ -१२ ढुंगेन चोक- ह्यान्डबल चोक सडक कालोपत्रे

बुढानिलकण्ठ -१२ ढुंगेन चोक- ह्यान्डबल चोक सडक कालोपत्रे

कपन अनलाइन

काठमाडौं ,कार्तिक २६।

बुढानिलकण्ठ -१२ ढुंगेन चोक- निलो माइक्रो बसपार्क – ह्यान्डबल चोक सडक कालोपत्रे भएको छ। बागमती प्रदेस सभा सदस्यको निर्वाचन क्षेत्र पूर्वाधार विकासका लागी आएको बजेट बाट वडा नं १२ को यो सडकमा कालोपत्रे गरिएको हो।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को महत्वपूर्ण सडकका रुपमा रहेको यो सडकले काठमाडौं महानगरपालिका वडा नं ६ र बुढानिलकण्ठ वडा नं ११ लाई जोडेको छ। वडा नं १२ मा रहेको यो सडकका विभिन्न खण्डमा ढल विस्तार पश्चात कालोपत्रे  गरिएको एक जनप्रतिनिधिले बताएका छन।

बागमती प्रदेस सरकार बाट क्रमागत रुपमा बिनियोजन गरिएको बजेट बाट कालोपत्रे गरिएको सडक कालोपत्र पश्चात वडामा सडक निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिदै उनले मेलम्ची खानेपानी आयोजनका लागि पाइप लाइन विस्तारको काम भैरहेको बताएका छन।

तपाइँको प्रतिक्रिया ।