कथा शिक्षण प्रक्रिया
कपन अनलाइन
काठमाडौं ,कार्तिक २३ /यादप भट्टराई
कथा साहित्यको एउटा पुरानो विधा हो ।वर्तमान समयमा कथा विधा नेपालको विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म अध्ययन तथा अध्यापन हुने गरेको पाइन्छ तापनि कथा विधालाई कसरी शिक्षण गर्ने हो भन्ने ज्ञान भएपनि त्यसअनुसारले कथा शिक्षण गरेको पाइँदैन । अझ कतिपयसंस्थागत विद्यालयहरुमा त विषय शिक्षकको अभावका कारणले पनि कथा शिक्षण प्रभावकारी हुन सकेको छैन । त्यस्तो अवस्थामा कथा शिक्षणको उद्देश्य पूरा हुन नसक्ने विज्ञहरूको दाबी रहेको छ । कथा शिक्षणले भाषाका सुनाइ, बोलाइ, पढाइ, लेखाइ जस्ता चारवटै सीपहरुको विकास गरी कथाको उद्देश्य पूर्ति गर्नु रहेको हुन्छ । कथालार्इ प्रभवकारी तवरबाट शिक्षण गर्नका लागि निम्न विधि, पद्धति तथा कार्यकलापहरू र मूल्याङ्कन प्रकृया अपनाएर शिक्षण हुन आवश्यक रहेको देखिन्छः
कथा शिक्षण
कथा साहित्यको रोचक विधा हो । यसको भाषाशिक्षणका क्रममा उपयोग गरिन्छ । मानिसको जीवनमा घटेका तीता मीठा घटनाबाट सँगालेका अनुभवहरूको सिलसिलावद्ध आख्यान नै कथा हो । कलात्मक पूर्णताका लागि सीमित आकार भित्रै बसेर यसले प्रारम्भ, मध्य र अन्त्यको एउटा अनुशासन कायम राखी जुनसुकै पनि विषयलाई अङ्गीकार गर्न सक्छ । यसमा जीवनको केवल एक पक्षको चित्रण हुन्छ । जुन आफैमा पूर्ण हुन्छ । यसैका आधारमा आज यो विधा सामाजिक, मनोवैज्ञानिक, प्रगतिवादी तथा ऐतिहासिक, पौराणिक आदि विभिन्न प्रकारका विस्तारित भई अत्यन्त लोकप्रिय बनेको छ । विद्यालय तहमा कथालाई पाठ्य विधाकै रूपमा लिइन्छ कथा शिक्षणको मुख्य उद्देश्य विद्यार्थीहरूमा स्पष्ट एवम् क्रमिक रूपले घटनाक्रम मिलाउन सक्ने, कथा, पठनबोधवाट उत्पन्न हुन सक्ने संवेगात्मक अनुभूति र कल्पना शक्तिको विकास गर्ने, विभिन्न विषय क्षेत्रका शब्दभण्डारको विकास गर्ने, वाक्यांशहरूको ज्ञान तथा प्रयोग गर्ने सिपको विकास गर्ने रहेको हुन्छ । सस्वर र मौनपठन, सारांश कथन, बोध प्रश्न उत्तर, शब्द व उखान-टुक्काहरूको प्रयोग, घटनाक्रम मिलान, कथा-कथन आदि प्रक्रियाद्वारा कथा शिक्षण गर्न सकिन्छ । यति मात्र नभएर कथा शिक्षणबाट माध्यमबाट भाषाका चारै सिपको विकास हुन आवश्यक छ ।
कथामा सुन्ने र भन्ने प्रक्रिया प्रवल रहेकाले यो विधा अझ बढी सारपूर्ण बन्न गएको छ। कक्षाको स्तरअनुसार सुनाइ र बोलाइ सिप विकासको लागि कथा शिक्षणको प्रयोजन अत्यन्त महत्त्वपूर्ण मानिन्छ । कथा विधालाई सबैभन्दा सजिलो विधाको रूपमा पनि लिइन्छ । यस अन्तर्गत कुनै एक व्यक्तिको चरित्र, जीवनको कनै एक सानों घटना, परिवेश अनि समाजका विभिन्न पक्षलाई प्रस्तुत गर्ने कार्य हन्छ । कथा विधाले मानव जीवनले भोगेका सम्पूर्ण पक्षलाई देखाउने काम गर्दछ । जसले विद्यार्थीलाई त्यसप्रति परिचित गराउँछ र विद्यार्थीलाई मानसिक, बौद्धिक, सामाजिक, नैतिक आदिको विकासमा समेत ठोस प्रभाव पार्न सक्तछ । त्यसैले भनिन्छ कथाहरू जीवन दर्शन र ज्ञान वृद्धिका लागि सहायक तत्त्का रूपमा आएका हुन्छन् । मानसिक सन्तुष्टिका साथै आत्मानुभूतिका माध्यम पनि बन्दछन् । कथावाट शिक्षार्थीलाई शब्दभण्डारको वृद्धि काल्पनिक क्षमतामा वृद्धि, पठन क्षमता रुचि बढाउने उद्देश्यहरू हासिल गराउन सकिन्छ । बिषयवस्तुको वोध र प्रस्तुतीकरणका लागि कथाको उपयोग गर्न सकिन्छ भने सरलताको कारण यो वोधगम्य पनि हुन्छ ।शब्दभण्डारको विकास, बोध क्षमताको विकास, कथ्य र लेख्य सिपको विकास, वाक्यगठन, वाक्य सङ्गति, शब्दवर्ग आदिको पहिचान, उखान टुक्का र वाक्य पद्धतिको प्रयोग आदिका कारण भाषिक सिप विकासमा कथाविधा उपयोगी रहेको छ।
कथा शिक्षणको आवश्यकता र प्रयोजन
कथा शिक्षणको प्रयोजन विद्यार्थीहरूमा स्पष्ट एवम् क्रमिक रूपले घटनाक्रम मिलाउन सक्ने, कथापठनबोधबाट उत्पन्न हुन सक्ने संवेगात्मक अनुभूति र कल्पना शक्तिको विकास गर्ने, विभिन्न विषयक्षेत्रका शब्दभण्डारको विकास गर्ने, वाक्यांशहरूको ज्ञान तथा प्रयोग गर्ने सिपको विकास गर्ने हो । सस्वर र मौन पठन सारांश कथन, बोध प्रश्नोत्तर, शब्द वा उखान-टुक्काहरूको प्रयोग, घटनाक्रम मिलान, कथा-कथन आदिप्रक्रियाद्वारा कथा शिक्षण गर्न सकिन्छ। कक्षाको स्तरअनुसार सुनाइ र वोलाइ सिप विकासका लागि कथा शिक्षणको प्रयोजन देखिन्छ । यसमा सुन्ने र भन्ने प्रक्रिया प्रवल रहेकाले यो विधा अझ बढी सारपूर्ण बन्न गएको छ। कथा विधालाई सबैभन्दासजिलो विधाका रूपमा पनि लिइन्छ । यसअन्तर्गत कुनै एक व्यक्तिको चरित्र, जीवनको कुनै एक सानो घटना, परिवेश अनि समाजका विभिन्न पक्षलाई प्रस्तुत गर्ने कार्य हुन्छ । कथा विधाले मानव जीवनले भोगेका सम्पूर्ण पक्षलाई देखाउने काम गर्दछ । यसले विद्यार्थीलाई त्यसप्रति परिचित गराउँछ र विद्यार्थीलाई मानसिक बौद्धिक, सामाजिक, नैतिक पक्षको विकासमा समेत ठोस प्रभाव पार्न सक्तछ । कथाहरू जीवनदर्शन र ज्ञान बृद्धिका लागि सहायक तत्त्वका रूपमा आएका हुन्छन् । कथा मानसिक सन्तुष्टिका साथै आत्मानुभूतिका माध्यम पनिबन्दछन् । कथाबाट शिक्षार्थीलाई शब्दभण्डारको बृद्धि, काल्पनिक क्षमतामा वृद्धि, पठन क्षमतामा रुचि बढाउने उद्देश्यहरू हासिल गराउन सकिन्छ । सङ्क्षेपमा कथा शिक्षणको प्रयोजनलाई बुँदागत रूपमा निम्नानुसार प्रस्तुतगर्न सकिन्छ :
मुख्य प्रयोजन : कथानात्मक अभिव्यक्ति सिपको विकास गर्नु
- कथा पढेर वा सुनेर कथाले भन्न खोजेको मूल आशय बुझ्ने क्षमताको विकास गर्नु ,
- कथा पढ्न सक्ने क्षमताको विकास गर्नु,
- विविध विषयवस्तुको जानकारी प्राप्त गर्नु,
- आफूले देखेका वा भोगेका घटनालाई क्रम मिलाएर प्रस्तुत गर्ने क्षमताको विकास गर्नु,
- स्मरण शक्तिको विकास गर्नु,
- कल्पना शक्तिको विकास गर्नु,
- कुनै विषयका बारेमा मनमा उठेका जिज्ञासा प्रकट गर्ने क्षमताको विकास गर्नु,
- कथनात्मक सिपको विकास गर्नु,
- बोध तथा अभिव्यक्ति क्षमताको विकास गर्नु
- भाषा साहित्यमा रुचि जगाउनु
- शब्द संरचना सम्बन्धी ज्ञान प्रदान गर्न,
- व्याकरणका काल, पक्ष, भाव, वाच्य आदिको पहिचान र अभ्यास गर्न ।
कथा शिक्षणका विधिहरू
- व्याख्यान विधि
- छलफल तथा प्रश्नोत्तर विधि
- गृहकार्य विधि
- परियोजना विधि
- कक्षा प्रस्तुतीकरण विधि
- नाटकीकरण विधि
- लेख प्रस्तुतीकरण विधि
- समीक्षा विधि
- पठनबोध विधि
कथा शिक्षाका क्रियाकलापहरू
कथा शिक्षणमा कथाकथन विधिलाई अपनाउन सकिन्छ । यस बाहेक बुंदाहरू दिएर वा शीर्षक मात्र दिएर कथा भन्न बोल्न लगाउन सकिन्छ । अपूर्ण कथालाई पूरा गर्न लगाउने वा स्वतन्त्र रूपमा कथा लेख्न लगाउने अभ्यास गराउनु पर्दछ । यस्ता अभ्यासात्मक क्रियाकलापहरूमा शिक्षक र विद्यार्थी दुवैको सक्रियता रहनुआवश्यक हुन्छ। कथा शिक्षणका गर्दा निम्नानुसारका कार्यकलापहरू अपनाएर कथा शिक्षणलार्इ रोचक बनाउन सकिन्छः
कक्षामा प्रस्तुतीकरण गर्दा अपनाइने कार्यकलापहरू
- कथाको साराश मौखिक रूपमा व्यक्त गर्न लगाउने,
- कथा सँग सम्बन्धित श्रुतिबोधात्मक प्रश्न सोधी उत्तर भन्न लगाउने,
- कथाका घटनाक्रमहरू बिगारेर भन्ने र विद्यार्थीलाई मिलाउन लगाउने,
- कथाको सारांश भन्न लगाउने,
- विद्यार्थी विद्यार्थी बिचमा प्रश्नोत्तर गर्न लगाउने,
- कथा सँग सम्बन्धित प्रश्नहरूको उत्तर लेख्न लगाउने,
- कथाको सामान्य समीक्षा गर्न लगाउने,
- बुंदासार दिएर त्यसका आधारमा कथा लेख्न लगाउने,
- कथामा प्रयोग भएका शब्दको अर्थ भन्न लगाउने,
- कठिन शब्द, पारिभाषिक शब्द तथा उखान टुक्कालाई वाक्यप्रयोग गर्न लगाउने,
- विभिन्न कथाहरू पढ्न लगाएर कथाका बिचको तुलना गर्न लगाउने।
मुख्य कार्यकलाप :
कथाश्रवण, कथाकथन, कथानिर्माण, घटनाक्रम मिलाउने, बुँदा टिपोट
अन्य कार्यकलाप
१. कथाकथन
२. शब्दार्थ प्रयोग
३. सस्वर र मौन पठन
४. सारांश कथन
५. नाटकीकरण
६. उखान टुक्काको प्रयोग
७. बोध प्रश्नोत्तर
८. घटनाक्रम मिलान
९. घटना वर्णन र घटनाको टिपोट
१. कथाकथन
- कथा भन्ने र सुनाउने प्रक्रिया कथाकथन हो ।
- कथाकथन गर्दा पहिले कुनै विषयवस्तुलाई लिने र त्यसमा आधारित भई कथा सुनाउने र कथा भन्नप्रोत्साहन गर्ने
- पालैपालो कथा भन्न लगाउने
- विद्यार्थीले भन्न नसकेका अंशहरू शिक्षकले भनिदिने पृष्ठपोषण दिने
२. शब्दार्थ प्रयोग
- सम्बन्धित पाठका कठिन शब्द टिप्न लगाउने
- शब्दलाई कालोपाटीमा टिपी अर्थ भन्न प्रेरित गर्ने
- विपरीतार्थी पर्यायवाची शब्दहरू भन्दै विद्यार्थीहरूलाई वाक्यका प्रयोग गर्न पोत्साहन गर्ने
३. सस्वर र मौन पठन
- शिक्षकले आदर्श वाचन गरेर सुनाइ सकेपछि भाषिक एकाइलाई गति, यति मिलाई पढ्न लगाउने कथा पढ्दा सुर आघात, आरोह अवरोह आदिको ख्याल गरी पढ्न लगाउने त्रुटि भएको क्षेत्रमापृष्ठपोषण दिने,
- कथाको मौन पठनका लागि वातावरण निर्माण गरी मौनपठन गर्न लगाउने र बोधात्मक प्रश्न शोधीउत्तर भन्न वा लेख्न लगाउने र आवश्यक ठाउँमा पृष्ठपोषण प्रदान गर्ने,
४ सारांश
- कथाका मुख्य मुख्य कुरा शिक्षकले मौखिक रुपमा बताइदिने र कठिनाइ निवारण गरिदिने,
- कथा सस्वर वाचन र मौनपाठन गराई मुख्य मुख्य कुराहरू भन्न लगाउने र शिक्षकले कालोपाटीमालेख्ने,
- तिनै कुरालाई सिलसिला मिलाई पहिले मौखिक रुपमा र त्यसपछि लिखित रूपमा व्यक्त गर्नलगाउने,
- मौखिक तथा लिखित रुपमा सारांश प्रस्तुत गर्न लगाउने र आवश्यक पृष्ठपोषण प्रदान गर्ने
५. उखान टुक्काको प्रयोग
- विभिन्न उखान टुक्काको प्रयोग प्रति सचेत गराउने
- कथाबाट उखानटुक्का खोज्न लगाई तिनीहरूलाई वाक्यमा प्रयोग गर्न लगाउने
- उखान टुक्काको अर्थ र प्रयोगमा जोड दिने
६. बोध प्रश्नोत्तर
- सम्बन्धित पाठको मौनपठन गराई त्यससम्बन्धी बोधात्मक प्रश्नहरू गराउने
७. घटनाक्रम मिलाउने
- कथाको मुख्य घटनाहरू छासमिस पारी कालोपाटीमा लेख्न लगाई तिनीहरूलाई मिलाउन लगाउने,
- कथालाई उल्टोपाल्टो पारी उक्त कथालाई क्रमबद्ध रुपमा भन्न लगाउने,
- कथाका खास अंशहरू सुनाएर त्यस कथालाई पूरा गर्न लगाउने,
- विभिन्न घटनाहरू दिई सिलसिलाबद्ध रुपमा कथा तयार पार्न लगाउने,
पाठ्यक्रमका सिकाइ उपलब्धिका आधारमा कथा शिक्षाणको मूल्याङ्कन
भाषिक सिप विकासका लागि उपयोगमा ल्याइने कथा शिक्षणको मुख्य उद्देश्य कथात्मक अभिव्यक्ति सिपको विकास गर्नु हो। यसले लिखित तथा मौखिक अभिव्यक्ति सिपको विकासलाई बुझाउँछ । कथा शिक्षणबाट विद्यार्थीलाई सुनाइ, बोलाइ, पढाइ, लेखाइ चारै भाषिक सिपको शिक्षण गराउन सकिन्छ । कथा श्रवण, कथा कथन, कथा निर्माण जस्ता कार्यकलापबाट चार ओटै भाषिक सिपको विकास गराउन सकिन्छ ।
कथा साहित्यको रोचक विधा भएकाले यसले सजिलै पाठक र श्रोताको ध्यानाकर्षण गराउँछ । यसरी रोचक विधाका रूपमा कथा शिक्षण गर्दा यसवाट चार ओटै भाषिक सिपको विकास हुने गरी शिक्षण गर्नु पर्छ । कथा शिक्षणका क्रममा सवैभन्दा पहिलो कथा कथन कार्यकलाप अपनाइन्छ । यसमा कथाको कथावस्तुलाई संक्षेपमा रोचक ढङ्गले भनिन्छ । यसवाट विद्यार्थीमा सुनाइ सिपको विकास हुनुका साथै कथा प्रति उत्सुकता र जिज्ञासा उत्पन्न हुन्छ । त्यसपछि सस्वर पठन र मौन पठन क्रियकलाप गराउन सकिन्छ । यस्ता क्रियकलापवाट विषय बोध हुन्छ । सस्वर पठन र मौन पठनका क्रममा विद्यार्थीलाई कठिन लागेका शब्दका उच्चारण, अर्थ र वाक्यमा प्रयोग गराउनु पर्छे । यसबाट विद्यार्थीलाई कथाको विषयवस्तु बुझ्न सजिलो हुन्छ । पठन बोध, मौखिक तथा लिखति प्रश्न उत्तर, बुँदा टिपोट, व्याख्या, सारांश, घटनाक्रम मिलान, श्रुतिलेखन जस्ताकार्यकलाप गराएर कथा शिक्षण गर्न सकिन्छ । समग्रमा कथा शिक्षणका सिकाइ उपलब्धिको मूल्याङ्कननिम्नानुसार गर्न सकिन्छ :
- कथालाई गति र यति मिलाई शुद्धसँग सस्वर वाचन गर्न,
- कथाले सङ्केत गरेको मूल भाव वा आशय भन्न वा लेख्न लगाएर
- मनमा लागका कुराको निर्धक्कसँग अभिव्यक्ति दिन लगाएर
- कठिन शब्दहरूको शुद्धोच्चारण गर्न लगाएर
- कथा लेखन र कथा वाचन गर्न लगाएर
- पाठका कठिन शब्दहरूको अर्थ बताउन लगाएर
- पाठका कठिन शब्दहरूलाई वाक्यमा प्रयोग गर्न लगाएर
- पाठका विशिष्ट पङ्क्तिको व्याख्या/भाव विस्तार गर्न लगाएर
(यादप भट्टराई एम.एड तह नेपाली विषय तेस्रो सत्रमा अध्ययनरत विद्यार्थी हुन् ।