गोकर्णेश्वरको पुराना कला संस्कृति र सम्पदा संरक्षणमा स्थानीय सरकारको सहयोग रहन्छ : नगर प्रमुख सन्तोष चालिसे

कपन अनलाइन

काठमाडौं ,कार्तिक २३ ।गोकर्णेश्वर नगरपालिका वडा नं ४ को ऐतिहासिक गाउ देशेमा नेवारी कला संस्कृति झल्कने खुल्ला  संग्राहलय निर्माणको लागि शिलान्यास गरिएको छ।  शनिबार एक कार्यक्रमको बीच बागमती प्रदेशको भौतिक तथा पुर्वाधार विकास मन्त्री रामेश्वर फुयालले संग्राहलय निर्माणको लागि  शिलान्यास गरेका हुन।

वर्क इन टाइम कन्स्ट्रक्सनले  (मु, अ कर सहित)  ३३ लाख ३६ हजार ५ सय ८६ रुपैया ७१ पैसाको लागतमा निर्माण हुन लागेको सो संग्राहालय शिलान्यास कार्यक्रममा शुभकामना मन्तब्य राख्दै गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले  तिनै तहको सरकारको उपस्थितिमा शिलान्यास गर्न पाउदा खुसि लागेको बताए। तिनै तहका सरकार मिलेर विकास गरौ भन्ने  नेपालको अवधारणा  रहेको बताउदै  आ आफ्नो तह बाट क्षमता अनुसार कामहरु अगाडी बढाइरहेको बताए । उनले गोकर्णेश्वर नगरपालिका तथा क्षेत्र भरिको सबै भन्दा महत्व बोकेको धर्म संस्कृति परम्परा र पहिचान बोकेको देशे गाउमा सबैको ध्यानाकर्षण भएको बताए।

उनले आफु निर्वाचित भएको वर्ष नै देशे गाउको सम्पदा संरक्षण गरि मौलिकता झल्काउन सम्पूर्ण घरहरु एकै किसिम  लिच्छवीकालिन सभ्यता अनुसार निर्माण होस भनेर   एक करोड रुपैया   बिनियोजन गरेको बताए।उनले त्यसको लागी सबै घर भत्काउन सम्भब नभए पनि प्रत्येक घरको, झ्याल ढोका ,लगायत  बाहिर पट्टि देखिने भागको  मुहार एकै किसिमको हुनु पर्छ भनेर  बजेट बिनियोजन गरे पनि आज सम्म त्यसलाई अगाडी बढाउन नसकिएको बताए । उनले सो काम पुरातत्व बिभागले डिजाइन गरेर दिनु पर्ने  हुँदा त्यो काम अधुरो नै रहेको बताउदै चाडै त्यसमा  काम गरिने पनि बताए । उनले अब सो काम ५० /५० साझेदारीमा  गर्ने भनिए पनि केहि समय अघि स्थानीय संग छलफल हुँदा    ८० /२० प्रतिशत साझेदारीमा सो काम गर्ने सहमति भएको पनि बताए ।

जस अनुसार  २० प्रतिशत सम्बन्धित घर धनीले हाल्नु पर्ने र ८० प्रतिशत नगरपालिका बाट सहयोग रहने जानकारी गराए । उनले  देशे गाउमा आफ्नै धार्मिक  एवं साँस्कृतिक महत्व बोकेको  जात्राहरु धेरै हुने हुँदा सो जात्रा संचालन गर्न आर्थिक कठिनाइ हुदै आएको  र सो जात्रा संरक्षण  गरि लोप हुन् नदिनको लागि नगरपालिकाले जात्रा संचालनको लागि  २५ लाखको अक्षय कोषको स्थापना गरिएको जानकारी गराए । त्यसै गरि लोप हुने अवस्थामा पुगेको मौलिक बाजा संरक्षणको प्रशिक्षणको  लागि समेत ४ लाख रुपैया बिनियोजन गरेको जानकारी गराए। लोप हुनलागेका मौलिक कला संस्कृतिको संरक्षणमायुवा पुस्ता अगाडी आउनु पर्ने भन्दै

नयाँ पुस्तालाई पुरानो कला संस्कृतिप्रति जिम्मेवार बनाउँदै त्यसको संरक्षणमा गम्भिरतापूर्वक लाग्न  अभिप्रेरित गर्न नगरपालिकाले बिभिन्न कार्यक्रम ल्याएको जानकारी गराए।  उनले नया पुस्तालाई पुरानो पुस्ताले सिकाउनुपर्ने भन्दै युवामा प्राचिन   सम्पदा,कला र संस्कृति  संरक्षण गर्नुपर्छ, भन्ने भावनालाई स्थानीय सरकारले सहयोग  गर्ने बताए ।  उनले उक्त स्थानमा बन्ने अन्य भौतिक पूर्वाधार लगायतका विकास निर्माणका कार्यमा तीनै तहका सरकार सहभागिता र सहकार्य हुने पनि बताए ।

तपाइँको प्रतिक्रिया ।