कोरोना र मासुबारेको विज्ञापन: इन्द्रकुमार श्रेष्ठ (कथा )

कोरोना र मासुबारेको विज्ञापन: इन्द्रकुमार श्रेष्ठ (कथा )

कपन अनलाइन

काठमाडौं ,कार्तिक २२।

कोरोना भाइरसले विश्वव्यापी रूप लिएपछि यो संक्रमण हुने तरिका र यसका लक्षणबारे प्रशस्त जानकारी गराइएको छ । यसको रोकथाम र नियन्त्रण गर्ने विषयमापनि धेरै सदेश र सूचनाहरू प्रचार प्रसार भएका छन् । अहिले पनि यस विषयमा विश्वव्यापी चर्चा भइरहेकै छ । हुँदाहुँदा अब त खोप बनेर परीक्षण भइरहेको समाचार पनि आइसक्यो । यो सबैका लाग खुशीको कुरा हो ।
अरुको के कुरा, शहरी क्षेत्रमा टोलटोलमा फोहोर उठाउन आउने गाडीले समेत कोरोनाबारे सचेत गराएकै छ । विभिन्न रेडियो स्टेशनहरूले सकेसम्म ‘कोरोना सन्देश’बजाएकै छन् । कोरोनाका विषयमा सायद नेपाल टेलिकमले जतिनियमित, शक्तिशाली र सर्वसुलभ सूचना त अरु कसैले पनिदिएको छैन
होला । कसैलाई फोन हान्नासाथ फरर्र बताउन थालिहाल्छ । पत्रपत्रिकाहरूमा पनि विज्ञापनका रूपमा कोरोना सूचनाआएकै छन् । कोरोना निको हुने, प्रतिरोधात्मकक्षमता बढाउने औषधि र जडीबुटीको चर्चा पनिहुँदैछ । साबुन, स्यानिटाइजर, भौतिक दुरी (यसलाई बिगारेर ‘सामाजिक दुरी’ पनिभन्ने गरिएको छ) त सबैले ख्याल गर्नुपर्ने/प्रयोग गर्नुपर्ने कुराहरू भइहाले । यी बाहेक आरडीटी, पीसीआर, क्वारिन्टिन, आइसोलेशन जस्ता उपचार विधि/प्रक्रिया हुँदाहुँदै अहिले ‘हाउस्पिटल’, ‘होम आइसोलेशन’ जस्ता ‘अतिनयाँ’ शब्द पनि प्रयोगमा आइसकेका छन् । अनि सँगसँगै आएको छ खानेकुराको चर्चा पनि । खानेकुराको प्रत्यक्ष सम्बन्ध प्रत्येक मानवको स्वास्थ्यसँग रहने भएको हुँदा यसको चर्चा पहिले देखि नै विभिन्न शास्त्र र विषयहरूमा हुने गरेकै हो । अहिले आएर कोरोना लाग्नै नदिने उपायकाबारेमा पनि खानपानको तरिका
र पाक शिक्षाका बारेमा सुझाउन थालिएको छ । यस सन्दर्भमा पत्रपत्रिकाहरूमा ‘पशुजन्य मासु तथा अण्डा राम्रोसँग पकाएर मात्र खाने’ सूचनापनि छ । यो सूचना चाहिं अलि अपूर्ण भयो कि भन्ने लाग्छ ।
कोरोना भाइरसको उत्पत्तिचीनको वुहान सहरमा भएको मानिन्छ । त्यो, एउटा मासुपसलबाट शुरु भएको भन्ने चर्चा पनि प्रशस्त भएको हो । अहिलेसम्म यो रोग मासु नखानेलाई नभएको दाबी पनि गरिएको छ । यो कुरा, शाकाहारीका मत र तर्क हुनपनि सक्छन् । यद्यपि माछामासु खाने भन्दा नखानेलाई रोग कम लाग्ने मान्यतापनि छँदै छ । माछामासु खानु आर्थिक, धार्मिक हिसाबले पनि राम्रो मानिंदैन ।
अनि फेरि वध गरिने पशुलाई लामो र कष्टकर यात्रा गराइएको, तीमध्ये कतिपय रोगीभएको, बगरे, हतियार, पानी र वधशाला नै फोहोर हुने गरेको, काँचो मासु कीरा परुन्जेल राखेको, त्यही मासु पेलपाल पारेर मम बनाई बेचेको जस्ता कुराहरू पनि बेलाबखतचर्चाका आएकाहुन् । यस्ता कुरा सुन्दा जोकोहीलाई पनि, मासु खानुभन्दा नखानु नै बेस जस्तो लाग्न सक्छ ।
वास्तवमा माछामासु तामसी भोजन हो । माछामासु सँगै मदिराको कुरो आउँछ । रमाइलोको लागि सँगसँगै तास जुवाको कुरो पनि आउँछ । त्यसकै कारणबाट आपसी झैझगडा र पारिवारिक कलह पनि हुन्छ । ठूला जीवको मासु खाँदा छालाको एलर्जी हुने कुरा डाक्टरहरू बताउँछन् । सुँगुर, बुँगुरजस्ता एकैठाउँमा थुनिएर बस्ने जनावरको मासु पनि स्वस्थकर नहुने कुरा बताइन्छ । ब्रोइलर कुखुराको मासुमा त निकोटिनको अत्यधिकमात्रा हुन्छ रे !
यी सारा कुरा हुँदाहुँदै कोरोनाबाट बच्ने सन्दर्भमा, ‘पशुजन्य मासु तथा अण्डा राम्रोसँग पकाएर मात्रखाने’ भनिन्छ । पहिलो कुरा त मासु पशु र पन्छीबाट प्राप्तहुने भएकोले ‘पशुजन्य’नभनेको भए पनि हुने थियो होला । अलिबुझाएर भन्नुपर्दा, ‘पशुपन्छीजन्य’ भनिएको भए पनि हुने ! मानिसले कुनै पनिजीव (नेपालमै पनिमूसा, भ्यागुता खाने गरिएको कुरा सबैलाई थाहै छ) खाने भएको हुँदा अरू अनौठा सबै खाले पशुको नाम र तिनको मासु भनेर पनि साध्यहुँदैन ।
मासुलाई सिकुटी बनाएर, पोलेर, उसिनेर, काँचै अचार बनाएर, भुटेर पनिखाइने हुँदा कसरी खाँदा राम्रो हुन्छ भन्ने कुरा पनि खुलाउन पाएको भए बेस हुने थियो कि ! खालि ‘राम्ररी पकाएर खाने’ मात्र कुरो गरिएको छ । विज्ञापन/सूचनामा‘स्वस्थकर मासु’थप्न सकिएको भए मांसाहारीहरूले त्यसको पनि खोजी गर्ने थिए होलान् ।
यस्तो अधुरो सन्देश प्रसारण/प्रकाशन गर्नुभन्दा अलि चित्तबुझ्दो र विस्तृत सन्देश प्रसारण/प्रकाशन गरे बेस हुने हो । ‘माछामासु अण्डा, रोगले मार्ला डण्डा’ भन्ने भनाइपनि छ । त्यसैले यो बेलामा, ‘कुनै पनि माछामासु अण्डा भर्सक नखाएको राम्रो !’ भन्ने सन्देश दिंदा कसलाई के नोक्सान हुन्थ्यो होला र ?

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।