भेन्टिलेटरमा उपचाररथ नेपाली काग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माको होस खुल्यो

भेन्टिलेटरमा उपचाररथ नेपाली काग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माको होस खुल्यो

कपन अनलाइन

काठमाडौं,कार्तिक १८ । कोरोना भाइरस बाट संक्रमित भएर ग्राण्डी अस्तपताल भेन्टिलेटरमा उपचाररथ नेपाली काग्रेसका केन्द्रीय सदस्य एबम दलित संघका अध्यक्ष मीन विश्वकर्माको स्वास्थ्यमा सुधार आएको छ।  विश्वकर्माले इशाराले डाक्टरहरु स्नागा कुरा गर्न थालेको दलित संघका सचिव दिपक सोनीले जानकारी दिए ।

“मीन दाइले हात उठाएर डाक्टर संग इशारा गर्नुभएको अस्पतालले जानकारी गराएको बताए भेन्टिलेटरमै भएकोले बोल्न नसक्नुभएको हो” सोनीले भने उहाको अवस्था सुधारोन्मुख हुदै गएको  डाक्टरहरुले गराएको पनि बताए ।

यस अघि उपचारको लागि भारत लाने चर्चा चले पनि अहिले तत्काल त्यस्तो कुनै तयारी  नरहको सोनीले जानकारी दिए ।कार्तिक १ मा कोरोना संक्रमित भएपछि बिश्वकर्मा कार्तिक ८ सम्म घरमै आइसोलेसनमा बसेका थिए तर संक्रमणले ग्राहो भएपछि बिर अस्पताल भर्ना भएका थिए। त्यहा पनि स्वास्थ्यमा सुधार नभए पछि  उनलाई ग्राण्डी अस्पताल भर्ना गरि भेन्टिलेटरमा राखिएको थियो। दिपक सोनीका अनुसार मीन बिश्वकर्माको पछिल्लो कोरोना परिक्षणको रिपोर्ट समेत नेगेटिभ आएको छ  ।

तपाइँको प्रतिक्रिया ।